काठमाडौंका यी स्थानमा बुधबार बत्ती जाने



न्युज अफ नेपाल,काठमाडौं ।

बुधबार चक्रपथ क्षेत्र वरिपरि विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार चक्रपथ विस्तारको काम गर्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुन लागेको हो ।

कुलेश्वर वितरण केन्द्रअन्तर्गतको कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ विस्तार कार्यको लागि सडकको दायाँ बायाँको विद्युतीय संरचना ९ एचटीएलटी लाइन ० स्थानान्तरण हुनेछ । जसका कारण स्वीचाटार पुलबाट सितापाइला चोकसम्मको ११ केभी लाइन चार्ज गर्नु पर्ने भएकोले बुधवार विहान ११ बजेबाट साँझ ५ बजेसम्म लाइन सट डाउन गरिने प्राधिकरणले जनाएको छ ।

उक्त फिडरअन्तर्गत सितापाइला, बुढाथोकी कोल्ड स्टोर ,मुसलवान टोल, बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलाकत्रा फेक्ट्री, थापाचोक, रामकोट, आदेश्वर, छत्रेदेउराली लगायत क्षेत्रमा बत्ति जाने छ ।

मर्मतको काम निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्नेछ । साथै नयाँ लाइन चालु गरीने स्थान स्वीचाटार पुलदेखि सितापाइला चोकसम्मा सडकका दायाँ बायाँ निर्माण भएका विदुतिय स‌‌‍रचनाहरुको नजिक नजान तथा नछुन समेत प्राधिकरणले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्