सलह किरा टोखालाई फन्को मार्दै नुवाकोट छि-यो



हिक्मत डंगोल,काठमाडौं ।

विनाशकारी सलह किरा टोखालाई फन्को मार्दै नुवाकोटतर्फ प्रवेश गरेको छ । सरकारी अनुमानलाई फेल खुवाउँदै भारतबाट किराको झुण्ड राजधानी काठमांडौंको टोखा हुँदै नुवाकोट छिरेको हो । स्थानीय बासिन्दाका अनुसार दक्षिणबाट सलहको झुण्ड टोखा छिरेको हो ।

यसअघि मन्त्रालयले अब नेपालमा सलहको संकट टरेको बताएको थियो । तर, त्यसअनुमान विपरित सलहको झुण्ड नेपालको राजधानी आएको हो । पूर्व अफ्रिकाबाट शुरु भएको सलहको यात्रा मध्यपूर्व हुँदै दक्षिण एसिया छिरेको हो । पाकिस्तान र भारतमा अन्न बालीमा क्षति गरेको यो किरा आज बेलुका काठमांडौं हुँदै नुवाकोट सम्म पुगेको छ।

हावाको दिशा नुसार १ सय ३० किमिसम्म समूह बनाएर उड्न सक्ने फट्यांग्रा प्रजातीको यो किरा एक समुहमा ४ देखि ८ करोडसम्म हुने गर्छ । तर, काठमांडौंमा भने त्यति ठूलो समुह नआएर हावाको बेगले बगाएको १ लाखको समुहले यात्रा गरेको अनुमान छ ।यात्राको क्रममा कयौं सलहलाई कागले आकासमै टिप्दै खॉदै गरेको दृश्य गजबको थियो भन्ने धेरै जसो सलह शरीरमा शक्ति नभएर टोखाको नागरिकको घर घरमा खसेको थियो।

काठमाडौंको टाेखामा आज भन्दा ६० वर्ष अघि बि.सं.२०१८ सालमा सलहको करोडौंको झुंड देखिएको टाेखाका प्रत्यक्षदर्शी ७९ वर्षीय काले डंगोलले बताउनु भयो। त्यतिबेला टाेखा हाल टाेखा नगरपालिका ३ झुडाेलमा रहेको शिरिषको ठुलोरुखमा सलहको झुंड एकैपटक बस्दा उक्त रुखको हांगानै भाचेको बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्