अब ओलीलाई प्रधानमन्त्रीबाट हटाइन्छः वरिष्ठ नेता खनाल



न्युज अफ नेपाल, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाइने बताउनुभएको छ । उहाँले ओलीबाट अब सरकारको नेतृत्व हुन नसक्ने बताउदै पार्टीले हटाउने बताउनुभएको हो । खनालले न्युज अफ नेपालसँग भन्नुभयो,‘ओलीलाई प्रधानमन्त्रीबाट हटाउन ढिला भइसक्यो, अब पार्टीले निर्णय गरेर हटाउछ ।’

प्रधानमन्त्री ओलीको राजिनामा माग्ने अवस्था कसरी सृजना भयो, स्थायी कमिटी बैठकको एजेण्डामा त थिएन ?
–ओलीजीले यसअघि नै राजिनामा दिनु पर्ने थियो । राजिनामा दिन धेरै ढिला भइसक्यो । पार्टीले भनेको मान्नु भएन, अब पार्टीले हटाइदिन्छ । भारतले मलाई हटाउन खोज्यो भनेर अनावश्यक अफवाह फैलाएपछि स्वभाविक रुपमा ओलीजीले नै राजिनामाको एजेण्डा प्रवेश गराउनु भयो ।

तपाईहरुले माग्दैमा प्रधानमन्त्री ओलीले राजिनामा दिनहुुन्छ त ?
–अब उहाँसँग राजिनामा नदिनको अर्को विकल्प छैन् । पार्टीले भनेपछि मान्नु पर्छ । पार्टीलाई अटेर गरेपनि अब परिणाम पनि भोग्न तयार हुनुपर्छ । पार्टी भन्दा त ओलीजी ठूलो होइन । अहिलेसम्म बोल्ने मध्ये १८ जनाले प्रधानमन्त्रीको राजिनामा माग गरिसकेका छन् । अब बोल्नेहरुले पनि स्वभाविक रुपमा राजिनामा माग्नेछन् ।

यसो गर्दा पार्टी विभाजित हुँदैन ?
पार्टी फुटदैन । यो पार्टी फुटनको लागि एकता भएको होइन । पार्टी विभाजित गर्न संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत बहुमत चाहिन्छ । ओलीजीकै निर्देशनमा पूर्व एमाले दल दर्ता गराइसक्नुभएको छ ।

नयाँ नक्सा जारी भए बापत भारतले प्रधानमन्त्री हटाउन भारत लाग्यो भन्ने प्रधानमन्त्री ओलीको गुनासो छ नि ?
–यो विषय हामीलाई थाहा नभएको विषय हो । भारतले हटाउन लागेको हो भने भारतसँगै उहाँले कुरा गरे भइहाल्यो नि ।

प्रतिक्रिया दिनुहोस्