वामदेव गौतमको आरोपः प्रधानमन्त्री ओलीकै निर्देशनमा नेकपा एमाले दर्ता



न्युज अफ नेपाल, काठमाडौं ।
सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफ्नो सरकार ढाल्न लागेको खुलासा गरेको विषयले स्थायी कमिटी बैठकमा चर्चा पाएको छ । निर्धारित एजेण्डा भन्दा बैठक प्रधानमन्त्री ओलीले आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन लागेको भन्ने अभिव्यक्तिलाई नेताहरुले प्रमाण ल्याउन नेताहरुले माग गरेका छन् ।

राजिनामाको विषयसँगै निर्वाचन आयोगमा नेकपा दर्ता गर्ने विषयले पनि अर्को चर्चा पाएको छ । बैठकमका आयोगमा नेकपा एमाले पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा दर्ता भएको आरोप लागेको छ ।
जारी स्थायी कमिटी बैठकमा बोल्दै सन्ध्या तिवारीको नाममा सोमवार नेकपा एमाले दर्ता भएपछि उपाध्यक्ष वामदेव गौतमले सो आरोप लगाउनुभएको बताइएको छ ।

‘एमाले नाममा दल दर्ता गर्नेमा प्रधानमन्त्री कमरेडको निर्देशन छ भन्नेमा म विश्वस्त छु,’ गौतमको भनाई उदृत गर्दै एक स्थायी समिति सदस्यले भने,अहिले यस्तो काम गर्ने बेला होइन, किन यस्तो काम भइरहेको छ ?’ ती नेताका अनुसार गौतम सहित अन्य १२ जना स्थायी कमिटीका सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्