अर्घाखाँचीमा पन्चेबाजा बजाएर सलह धपाउदै



रविन घिमिरे, अर्घाखाँची

यतिबेला नेपाल प्रवेश गरेको सलह विभिन्न जिल्ला हुँदै अर्घाखाँचीमा पनि प्रवेश गरेको छ । आइतबारदेखि नै जिल्ला प्रवेश गरेको सलह आज पाणिनि गाउपालिकामा फेरि प्रवेश गरेको छ ।

सलह आएपछि किसान यतिबेला बारीमा धुवा बनाउन र पन्चेबाजा बजाएर सलह धपाउन व्यस्त छन । बारी बारीमा आगो बाल्दै त कतिपयले आफुसग भएका बाजा, स्पिकरलगायत बजाउदै धपाउने प्रयासमा छन ।

हिजो सोमबार पनि आएको सलह पुनः प्रबेश गरेपछि किसान चिन्तित बनेका छन । लगाएको मकै बाली जोगाउन किसान यतिबेला बारीमा सलह धपाउन लागिपरेका छन ।

 

प्रतिक्रिया दिनुहोस्