प्रचण्डले ओलीलाई भने – ‘ दिल्लीले होइन, मैले भनेको हुँ,राजिनामा दिनुस् ’



Newly unified CPN Maoist Centre Chariman Pushpa Kamal Dahal speaking after the unification of 10 Maoist parties, in Kathmandu, on Thursday, May 19, 2016. Photo: RSS

न्युज अफ नेपाल, काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति नेताहरु आक्रोशित हुनुभएको छ ।

मंगलबारको बैठकमा धारणा राखेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीप्रति आक्रोश पोख्नुभयो । उहाँले प्रधानमन्त्रीको आइतबारको अभिव्यक्तिको आलोचना गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको अभिव्यक्ति गम्भीर रहेकाले को सक्रिय भयो भन्ने जानकारी दिनुपर्ने बताउनुभयो ।

’प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट छोड्नुः’, प्रचण्डको भनाई उद्धृत गर्दै एक सदस्यले भने, ’यो कुरा दिल्लीले भनेको होइन, मैले भनेको हो।’ मंगलबारको बैठकमा बोलेका पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल तथा वामदेव गौतमले आफ्नो अभिव्यक्ति र आरोपलाई प्रष्ट पार्न भन्नुभएको थियो । तीनै नेताको अभिव्यक्ति उस्तै रहेको ती सदस्यले बताए।

ती नेताका अनुसार चारै जना नेताहरु ओलीविरुद्ध आक्रोशित भएका थिए। उनीहरुले सरकारले पनि परिणाम दिन नसकेको बरु विवादित काम गरेको आरोप लगाएका थिए। उनीहरुको बाँकी नेताहरुको मत र तर्क पनि प्रचण्डको जस्तै थियो।नेता नेपालले भने प्रधानमन्त्रीको अभिव्यक्ति आफ्नो असफलता ढाक्न आएको बताए। उनले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तीजनक भएको बताए। उहाँले सरकार ढाल्न कोही लागेको भन्ने प्रधानमन्त्रीलाई लागेको हो भने स्पष्ट पार्नुपर्ने बताउनुभयो । खाजा ब्रेकपछि भने ओली बैठकबाट बाहिरिएका छन्।

प्रतिक्रिया दिनुहोस्