महानिरीक्षक बन्न दौडधुप



न्युज अफ नेपाल, काठमाडौं ।

प्रहरी महानिरीक्षक (आईजीपी) बन्न एआईजीहरुको दौडधुप शुरु भएको छ ।

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको ३० वर्षे सेवा हदका कारण यही असार २४ गते अनिवार्य अवकाश पाउनुहुने छ । ज्ञवालीको अवकाशपछि २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृतको समूहबाट एक जनाले २८ औं महानिरीक्षक बन्ने अवसर प्राप्त गर्ने छन् ।अबको आठ दिन पछि नेपाल प्रहरीको नयाँ महानिरीक्षक बन्न अहिलेका एआईजीहरुले आ आफ्नो पक्षमा लबिङलाई तीब्रंता दिएका छन् ।

हाल नेपाल प्रहरीमा तारिणी लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रहनुभएको छ । उहाँहरुमध्ये लम्साल आईजीपी ज्ञवालीकै ब्याचका अधिकृत हुनुहुन्छ । त्यसैले क्षेत्री र पाल अब महानिरीक्षक बन्ने दौडमा हुनुहुन्छ । उहाँहरुमध्ये एक जनाले १८ वैशाख २०७९ सम्म नेतृत्व सम्हाल्नुहुनेछ ।

आईजीपी नियुक्तिको समय नजिकिँदै गर्दा एआईजीद्वयले आ–आफ्नो पक्षमा लबिङ तीब्र बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्