ताज होटेल बमले उडाउने धम्की आएपछि



न्युज अफ नेपाल, मुम्बाई ।
मुम्बाईमा रहेको ताज होटल उडाउने धम्कीपूर्ण टेलिफोन आएपछि यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ । पाकिस्तानबाट सुल्तान नाम बताउने एक पुरुषले गएराती दुई पटक फोन गरी होटल उडाउने धम्की दिएको हो ।

फोनमा ती व्यक्तिले भनेका थिए–‘कराची स्टाक एक्सचेन्जमा भएको आतंककारी हमता सबैले देख्यौँ । अब ताज होटलमा २६/११ जस्तै हमला एक दिन फेरी हुनेछ ।’ यस्तै धम्की दुई पटकसम्म आएपछि मुम्बई प्रहरीले यसलाई गम्भिर रुपमा लिई होटलको सरक्षाका लागि सुरक्षाकर्मी थप गराईएको बताएको छ ।

यसैलाई मध्यनजर गर्दै दक्षिण मुम्बई र तटीय क्षेत्रमा समेत प्रहरी गस्ती गरिरहेको छ । धम्कीपूर्ण जानकारी पाउने बित्तिकै त्यस क्षेत्रमा प्रहरी र बम स्क्वार्ड समूहले होटलमा सर्च गरेको छ । जहाँ स्पेशल फोर्स मुम्बई वान टिमलाई समेत तैनाथ गरिएको छ । जसले होटलमा आउने आगन्तुकको कडा निगरानी राखीरहेको बताईएको छ।

प्रतिक्रिया दिनुहोस्