भुटानको वन्यजन्तु आरक्षण स्थलमा चीनको दावी



थिम्पु (एजेन्सी)

चीनले ग्लोबल इन्भायरोमेन्ट फेसिलिटी काउन्सिलको ५८ औ वैठकमा भुटानका साकतेंंग वन्यजन्तु आरक्षणको जमिन विवादास्पद बताएको छ । उक्त परियोजनामा हुने लगानीको पनि विरोध गरेको छ ।

भुटानले चीनको यस कदमको कडा विरोध गर्दै उक्त जमीन आफ्नो अभिन्न अंग भएको बताए । उक्त आरक्षण जमीनलाई लिएर विगतका बर्षमा कहिल्यै विवाद थिएन । यद्यपी भुटान र चीनबीच अहिलेसम्म त्यस क्षेत्रमा सिमांकन भएको पनि छैन । भुटानले चीनको उक्त दावीमा आपत्ती जनाउँदै साकतेंग वन्यजन्तु आरक्षण भुटानको अभिन्न र सम्प्रभु हिस्सा भएको जनाएको छ ।

उक्त वन्यजन्तु आरक्षण अहलिेसम्म विश्व फन्डिंगको हिस्सा बनेको छैन । पहिलो पटक यस आरक्षण स्थललाई पैसा दिने कुरा उठेपछि चीनले उक्त जमीनमाथि आफनो दावी गरेको हो । चीनको विरोधका वावजुद परिषदले परियोजनालाई आफनो अनुमति दिएको छ ।

परिषदमा चीनको प्रतिनिधि रहेको भएपनि भुटानको कुनै सिधा प्रतिनिधि छैन । भुटानको प्रतिनिधि भारतका वरिष्ठ आईएएस अधिकारी अपर्णा सुब्रमणीले गरिरहेकी छन् । उनी विश्व बैंकमा बंगलादेश, भुटान, भारत, भालदिभ्स, नेपाल र श्रीलंकाका प्रभारीका रुपमा छिन् ।

प्रतिक्रिया दिनुहोस्