फर्मुला वानमा कालो रंगको गाडी गुड्ने



लन्डन, (एजेन्सी)

मर्सिडिजले उनीहरुको मोटरस्पोर्टमा विविधता र समावेशीकरणको प्रतिवद्धताको संकेतको रुपमा २०२० मा फर्मुला वानमा नयाँ कालो लिभरी गुडाउने भएको छ ।

सन् १९३० देखि कम्पनीको चाँदी रंगको गाडी रेसिङमा गुड्दै आएको हो । अस्ट्रियामा यसै सातामा हुने फर्मुला वानमा अब कालो गाडी गुड्नेछ । मर्सिडिजले भन्यो कि ब्ल्याक लाइभ्स म्याटर आन्दोलनले जातिवादको विरुद्ध लडाईमा हामीलाई नयाँ उपाय र कार्य कतिको आवश्यक छ भन्ने बारे प्रकाश पारेको छ ।

मर्सिडिज फोमुला वान टिमले विज्ञप्तिमा भन्यो कि हाम्रो श्रम शक्तिको ३ प्रतिशत अल्पसंख्यक जातीय समूह र १२ प्रतिशत मात्रै महिला कर्मचारी छन् । विविधताको अभावले देखाउँछ कि हामीले हाल नपुगेको समाजका धेरै क्षेत्रहरुबाट प्रतिभा आकर्षित गर्न नयाँ दृष्टिकोणहरु खोज्नुपर्छ ।

मर्सिडिज फर्मुला वान टिमका प्रमुख टोटो वोल्फले बताए—हाम्रो समाज, हाम्रो खेल वा हाम्रो टिममा रंगवाद र भेदभावको कुनै स्थान छैन । यो मर्सिडिजमा मुख्य मान्यता हो । तर हामी चुप रह्यौ भने सहि विश्वास र सही मानसिकता भएपनि पर्याप्त हुँदैन । २०२० मा चाँदी रंगको गाडी सबै कालो रंगमा गुड्नेछ ।

विश्व विजेता लुइस हेमिल्टनले यसलाई एक व्यवसायको रुपमा सुधार र परिवर्तनको रुपमा हुने महत्वपूर्ण बयान भनेका छन् । उनले भने—मैले रंगभेद र भेदभावबाट राम्ररी अनुभव प्राप्त गरेको छु । म टोटोलाई धन्यवाद दिन चाहन्छु जसले रंगभेद र भेदभावविरुद्ध लड्न यो स्किम ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्