छोरीको नाममा आफूमाथि भुवनको यस्तो व्यवहार, साम्राज्ञीले रुदै खुलाइन् केसीका कर्तुत (भिडियोसहित)



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाली चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नायक भुवन केसीमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी छन् ।

केसीले आफूलाई पटक पटक गलत नियतले छोएको बताउँदै साम्राज्ञीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेकी छन् । सम्बोधनमा आफूलाई छोरी भनेपनि केसीले पटक पटक यौन दुर्व्यवहार गरेको साम्राज्ञीले बताइन् । केही समय अघि साम्राज्ञी र केसीका छोरो नायक अनमोल केसी प्रेम सम्बन्धमा रहेको समेत खुलेको थियो । साम्राज्ञी ड्रिम फिल्मबाट सिने जगतमा प्रवेश गरेकि थिइन् । यस फिल्मका निर्माता नायक भुवन केसी थिए भने हिरोको रोलमा उनका छोरा अनमोल थिए ।

यही फिल्मको सुटिङको बेला अनमोल र साम्राज्ञीबीच प्रेम सम्बन्ध रहेको खुलेको थियो । अहिले भने केही कारणले उनीहरुबीच सम्बन्ध टुटीसकेको छ । सामाजिक सञ्जालमा भुवनविरुद्ध साम्राज्ञीले आवाज उठाएसँगै उनीहरुबीच सम्बन्ध बिग्रनुको कारण समेत खुलेको छ । साम्राज्ञीले ड्रिम फिल्मको सुटिङदेखि नै आफूमाथि भुवनको गलत दुष्टिकोण रहेको जनाएकी छन् । जापानमा भएको एक अवार्डमा समेत भुवनले आफूलाई दुर्व्यवहार गरेको साम्राज्ञीले खुलाएकी छन् । आफ्नै छोराको राम्रो साथी समेत रहेकी एक युवतीलाई भुवनले गरेको व्यवहारले उनको व्यक्तित्वमाथि ठूलो प्रश्न खडा गरेको छ ।

फिल्म क्षेत्रमा प्रवेश गर्ने नव नायिका यस्ता दुर्व्यवहारबाट गुज्रिनुपर्ने वास्तविकता साम्रज्ञीले उदाङ्गो पारिदिएकी छन् । यसका साथै भुवनको यस्तो व्यवहारले उनका छोरा अनमोलको व्यक्तित्वमा समेत पश्न उठ्न थालेको छ ।

साम्रज्ञीले यी कुरा बाहिर ल्याएसँगै भुवन भने क्रोधले उत्तेजीत भएको देखिन्छ । उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेका छनु , ‘खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् रु जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सन्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी !’

 

 

प्रतिक्रिया दिनुहोस्