पाकिस्तानको शेयर बजारमा आतंकवादी हमला,३ जनाको मृत्यु



इस्लामावाद,एजेन्सी ।

पकिस्तानको कराँची शहरस्थित स्टक एक्सचेन्जमा सोमवार चारजना बन्दुकधारीले आक्रमण गर्दा दुईजना गार्ड र एकजना प्रहरीको ज्यान जानुका साथै अन्य सातजना घाइते भएका छन् । अन्तत प्रहरीसंगको मुठभेडमा तिनीहरु सबै मारिएका छन् ।

भवनको मूल द्वारमा तिनीहरुले ग्रेनेड प्रहार गर्ना साथ फायर खोलेका थिए । तर तिनीहरु सेयर कारोवारबार हुने तल्ला सम्म पुग्न असफल भएका थिए ।

सुरक्षा फौजले तिनीहरुसंग सामना गरिरहेकाबेला कर्मचारीहरु कोठाहरुमा चुकुल लगाएर बसेका थिए भने अधिकांशलाई उद्धार गरेर बाहिर लगिएको थियो । बालोच लिवरेसन आर्मीले घटनाको जिम्मा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्