क्यानको मिडिया संयोजकमा प्याकुरेल



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान) ले विभिन्न चारवटा उपसमितिलाई पूर्णतादिने क्रममा मिडिया संयोजकमा क्यानका सचिव अशोकनाथ प्याकुरेललाई चयन गरिएको छ । क्यानले प्रतियोगिता, प्राविधिक, आर्थिक र मिडिया उपसमितिलाई सोमबार पूर्णता दिएको हो । मिडियामा सदस्यमा भानुभक्त सिग्देल रहेका छन् ।

त्यस्तै प्रतियोगिता समितिमा प्रशान्त विक्रम मल्ल संयोजक छन् । समितिमा दाउद अन्सारी, ऋषीराम गौतम, विक्रम विष्ट र कैलाश विष्ट सदस्यमा चयन भएका छन् । यस्तै प्राविधिक समितिमा संजयराज सिहं संयोजक छन् भने वीरेन्द्रबहादुर चन्द, अमितवीर पाण्डे, अरुणकुमार अर्याल र सञ्जय गुरुङ सदस्यमा छनोट भएका छन् ।

यसैगरी आर्थिक समितिमा रोशन कुमार सिंह संयोजक छन् भने माधव कर्माचार्य र दुर्गाराज पाठक सदस्य छन् । क्यानले यसअघि चारवटा समितिको संयोजक मात्र चयन गरेको थियो । विभिन्न समितिका संयोजकसँगको छलफलपछि अध्यक्ष र महासचिवले सदस्यहरु थप गरेका क्यानका महासचिव अशोकनाथ प्याकुलेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्