लिङ्गमार्फत शरीर भित्र जुका पसेपछि



नोमपेन्ह,(एजेन्सी) । 

क्याम्वोडियामा एकजना वृद्धको लिंंगमार्फत एउटा जुका शरीर भित्र प्रवेश गरेको छ ।

त्यस जुकाले उनको शरीरको भित्री अंगका एक पिन्ट रगत चुसेको उनको उपचारमा संलग्न अस्पतालका डाक्टरहरुले बताएका छन् ।

पोखरीमा नाङ्गै नुहाउने क्रममा उनको शरिरमा जुका छिरेको हुनुपर्ने अनुमान गरिएको छ । रगत पिएर जुका सुन्निएकाले उनको शरीरबाट त्यसलाई निकाल्न निकै गाह्रो भएको बताइएको छ । ति पिडित वृद्धको परिचय गोप्य राखिएको संचार माध्यमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्