धान दिवशलाई सम्झंदा 



नारायण खनाल, मालारानी-३, अर्घाखाँची

नारायण खनाल, मालारानी-३, अर्घाखाँची ।

(कविता)

जसले पसिना सिंची धरती, उर्वर बनायो
उसैले भोको पेट खेतमा, धान दिवस मनायो ।।
कसले बुझ्छ श्रमको मुल्य, त्यो भोको पेटको
सोंच्दैन कोही किसान्को पेटमा, अनाज भेटको ।।

असारको पन्ध्र कुरेर मात्रै , हिलोमा टेक्नेले
राज्य लुट्ने एउटा निहुं , धान दिवस देख्नेले ।
सक्छौ र श्रमको सम्मान गर्न, बेइमानी मनले
गोहीकोआँसु चुहाएको पनि,बुझ्याछन जनले।।

तस्बिर खिचेर प्रचार गर्न , के टेक्छौ हिलोमा
धर्ति कांप्दछ भ्रष्ट ती पाउ, पर्दा त्यो गिलोमा।
नेपाल धरती लुछेर खाने, परजीवी जातले
नछुनु रोप्ने धानको बिउ , पापिष्ट हातले ।।

रोपेरमुठी फलाउन मुरी, किसानै काफि छन
माटो फुलाउने मनका ति मिशन माथि झन।
कर्मठ ती उर्वर हातले , मानवता रोप्दछन
अनाज दाना झुलाउन खेतमा पसिना पोख्दछन।।

प्रतिक्रिया दिनुहोस्