सुदूरपश्चिममा ६ को मृत्यु



डोटी, (नेस)

कोरोना भाइरस (कोभिड–१९) का कारण हालसम्म सुदूरपश्चिम प्रदेशमा ६ जनाको ज्यान गएको छ । शनिबार मात्रै कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा यो रोगका कारण मृत्यु हुनेको संख्या ६ पुगेको हो ।

भारतबाट रोजगारी गरी घर फर्किएका स्थानीयमा कोरोना संक्रमण देखिन थालेको हो । चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारमा रहेका गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको उपचारका क्रममा शनिबार मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण यसअघि बाजुराका दुई र कैलालीका तीन जनाको मृत्यु भएको थियो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्