नेपाली खेलाडी वीरमान लामाकाे निधन



न्युज अफ नेपाल, काठमाडौं

क्याेकुसिन कराँते तथा उसुका अन्तराष्ट्रिय नेपाली खेलाडी वीरमान लामाकाे निधन भएको छ ।

शनिबार मलामी गएर फर्केपछि आरामका लागि सुतेकै अवस्थामा आइतबार वीरमानको मृत्यु भएको नेपाल उसु संघका महासचिव लाक्पा छिरिङ्ग लामाले जानकारी गराएका छन् ।

काभ्रेस्थित आफ्नै घरमा लामाको मृत्यु के कारणले भयो भन्नेबारे थप विवरण भने आउन बाँकी छ । लामा दुई वर्ष अघि इन्डोनेसियामा सम्पन्न एसियाडमा पनि सहभागी भएका थिए । लामा क्योकुसिन कराँतेका राष्ट्रिय च्याम्पियन पनि थिए ।

प्रतिक्रिया दिनुहोस्