खानासँग तरकारीको महत्व



स्वस्थ जीवनमा हरियो तरकारीको ठूलो महत्व छ । ताजा र हरियो तरकारीबाट शरीरलाई आवश्यक पर्ने भिटामिन, खनिज तथा प्रोटिनका साथै कार्बोहाइड्रेट प्राप्त हुन्छ । त्यति मात्र नभई हामीले प्रोटिनका लागि खाने माछा, मासु, फुल, दूध आदिबाट शरीरमा उत्पन्न अम्लीय पदार्थ नष्ट गर्न हरियो तरकारीको आवश्यकता पर्छ ।
ताजा तथा हरियो तरकारी प्राप्त गर्न त्यति गाह्रो पनि छैन ।

हामीले अलिकति मात्र ध्यान दियौं भने आफ्नै करेसाबारीबाट ताजा तरकारी आपूर्ति गर्न सक्छौं । करेसाबारी योजना अर्थात् योजनाबद्ध तरकारी खेतीबाट दैनिक उपभोगका लागि आवश्यक ताजा तरकारी आपूर्ति मात्र हुँदैन बढी भएको तरकारी बेचेर अतिरिक्त आम्दानीसमेत गर्न सकिन्छ ।

त्यसै गरी यो कार्यबाट बिहान–बेलुकाको समय सदुपयोग गर्न, मनोरञ्जन लिन र वातावरण स्वच्छ एवं सुन्दर बनाउन पनि मद्दत पुग्छ । यसका लागि सर्वप्रथम बजारबाट झोलाभरि तरकारी बोकेर ल्याउँदा गर्व तर आफ्नो बारीको तरकारी बेच्न संकोच मान्ने स्वभाव भने त्याग गर्नुपर्छ ।
– तपन रुपाखेती, गोरखा ।

प्रतिक्रिया दिनुहोस्