नेपालमा सलहको प्रवेश, खतराको घन्टी



पूर्व अफ्रिकाबाट शुरु भएको सलहको प्रकोप मध्यपूर्व हुँदै केही साताअघि पाकिस्तान र भारत आइपुगेको थियो, जसले अन्नबालीमा ठूलो क्षति पु¥याएको छ ।अब नेपालमा पनि सलहको प्रवेश शुरु भएको छ । मुख्य अन्न भण्डार मानिने तराई मधेस क्षेत्रमा सलहको प्रवेशले नेपालमा महासंकट निम्तिने पक्का छ ।
भारतको विहार हुँदै सलहको समूह नेपाल प्रवेश गरेको हो । सलह नेपाल प्रवेश गरेसँगै यसले पु¥याउन सक्ने क्षति न्यूनीकरण गर्ने विषयमा छलफल छलफल शुरु भएको छ । सलह एक प्रकारको कीरा हो । यो बथानमा रहने गर्दछ । बालीनालीमा यो समूह बसेर दैनिक करिब ३५ हजार मानिसले खाने बराबरको खाना खाने गर्दछ ।
कोरोना महामारीका कारण देशमा मल–बीउको अभाव भइरहेको बेला थोरै मात्र अन्नबालीले पनि ठूलो महत्व राख्दछ । कोरोना त्रासका कारण जारी लकडाउनले देशको अर्थतन्त्र गम्भीर मोडमा पुगेको छ । यस्तो बेला अलिकति कृषकले उत्पादन गरेको खाद्यान्न सलहको चपेटामा पर्दा भोकमरी हुने पक्का छ । यस विषयमा समयमै सबैले ध्यान दिन जरुरी छ ।
– रोशन यादव, रौतहट

प्रतिक्रिया दिनुहोस्