ग्लाटनदेखि एनफिल्डसम्मको यात्रामा क्लोप



नेपाल समाचारपत्र, काठमाडौं

योर्गेन क्लोप जर्मनीको ग्लाटनको सानो गाउँ ब्ल्याक फरेस्टमा हुर्किएका थिए । एसभी ग्लाटन, त्यो स्थानीय फुटबल टोलीको नाम थियो । ग्लाटनको युवा टोलीमा फुटबल खेल्दा उनको उमेर मात्र ११ वर्षको थियो । उनी स्टुटगार्टको खेल हेर्न कहिल्यै छुटाउँदैनथे। छुटिहाले पनि रेडियो ट्युन गरेर प्रत्यक्ष प्रसारण सुन्थे ।

क्लोपमा युवा उमेरमै फुटबलको विश्लेषण गर्ने क्षमता रहेको थियो । उनले खेलमा केही सब्स्टिच्युसनका लागि कोचलाई सुझाव दिन्थे। केही समयपछि क्लोपले सुझाएका खेलाडीहरू मैदान जान थालेका थिए। जसले खेलको गति र परिस्थिति नै परिवर्तन गर्न थाल्यो। उनको त्यो कला देखेर सबै चकित पनि भए ।

क्लोपसँगै खेलेका प्रसिद्ध लेखक जिन हासले बताए– ‘म उसको खेललाई बुझ्नसक्ने कला देखेर छक्क परेको थिएँ, मलाई लाग्छ, ऊ त्यतिबेलै प्रशिक्षण गराउन योग्य थिए ।’

क्लोपले ब्लाक फरेस्टको स्कुलमै मोडर्न फुटबल प्रशिक्षक बन्ने छनक दिइसकेका थिए। उनी अहिले जसरी उत्कृष्ट प्रशिक्षकका रूपमा उदाए, त्यसले विश्व फुबटललाई नयाँ पाठ सिकाइरहेको थियो।

क्लोपले जर्मनी लिगको क्लब माइन्जमै रहँदा खेलाडी जीवनबाट संन्यास लिएका थिए र प्रशिक्षणमा लागे । उनले सो क्लबलई पहिलोपटक बुन्डेसलिगामा पु¥याए। जर्मनीबाट इंग्ल्यान्ड आउँदा पनि उनको पराक्रम घटेन ।

उनले गत सिजनमा लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि दिलाए । यो सिजनमा लिभरपुल उनकै नेतृत्वमा प्रिमियर लिग च्याम्पियन बन्यो, त्यो पनि ३० वर्षपछि ।

क्लोपको खेल जीवन ब्ल्याक–फरेस्ट–स्पा गाउँको ग्लाटनबाट शुरू हुन्छ जहाँ उनले प्रारम्भिक वर्ष बिताएका थिए । ग्लाट भन्ने नदी बग्ने हुँदा त्यो ठाउँलाई ग्लाटन भनिएको हो । यो त्यस्तो ठाउँ हो जहाँ क्लोप साथीहरूसँग खेलअघि भेट्ने गर्थे ।

खोलाको घाँसे किनारामा छोटो आरामपूर्ण हिँडाइ, जहाँ युवाहरू बाइक कुदाउने गर्थे। एक ठूलो सेतो घर जहाँ उनकी आमा अझै बसिरहेकी छिन्। त्यसको विपरीतमा उज्यालो नयाँ टाउन हल। सामुन्नेमै क्लोपले पढेको प्राथमिक स्कुल छ । यी कुराहरूले क्लोपको बाल्यकालमा पु¥याउँछन्।

यस्तो गाउँबाट क्लोपको लागि डर्टमन्ड हुँदै एनफिल्डसम्म यात्रा गर्ने कुरा त्यतिबेला असम्भव जस्तै थियो । क्लोपका दुई दिदीहरू छन् जसलाई उनले आफ्नो दोस्रो आमा बताउने गरेका छन्। उनलाई फुटबलमा आउन उक्साउने काम भने उनका बुबा (नोर्बट क्लोप)ले गरे,जो गोलकिपर पनि थिए ।

सन् १९७२ मा ग्लाटनको यू–११ टिम स्थापना गरेका क्लोपका पहिलो प्रशिक्षक उलरिक राथ थिए । राथले उनका छोराहरू इंग्लो र हार्तीले पनि क्लोपसँगै खेल्न सकून् भनेर यू–११ को टिम स्थापना गरेका थिए।

‘जब योर्गेन तलमाथि उफ्रन्थे, म उनीमा उनको बाबुजस्तै आक्रामक झलक देख्थें। तर जब घरभित्र जान्थे एक्कासि शान्त स्वाभावका बनिहाल्थे। यसमा उनको आमाको ठूलो हात छ।’ –७९ वर्षीय राथले भने।

क्लोप ग्लाटनको युवा टिममा मिडफिल्डर र कप्तान थिए। तर किशोरावस्थाको अन्त्यतिर उनी अर्को क्लब तुस इग्रेन्जिनतर्फ लागे। त्यो टाउनको ठूलो टिम थियो।

त्यसैले राथले क्लोपलाई ‘पराजयमा रिसाउने तर प्राकृतिकरूपमै एक नेता’ भएका संज्ञा दिएका छन्। हाम्रो सम्बन्ध राम्रो थियो। उनी महत्वाकांक्षी थिए। र, आफ्नो टिममेटलाई खेल्न उक्साइरहन्थे। भन्थे– ‘जाऔं त्यो टिमलाई लडाऔं र अगाडि बढौं।’

सन् १९८१ मा, एकपटक गाउँको टोलीले बोरुसिया डर्टमन्डसँग खेल्ने असामान्य अवसर प्राप्त ग¥यो। त्यो खेलअन्तर्गत डर्टमुन्ड प्राइमसँगको फोटो, उनको हस्ताक्षरसहितको उनको गाउँलेप्रतिको समर्पण र स्मृतिहरू आज पनि अन्य ट्रफीसँग क्लबमा सुरक्षित छन्।

पछि २०११ मा क्लोपले डर्टमन्डलाई बुन्डेसलिगाको विजेता बनाए। त्यो समयमा उनको गाउँमा ठूलो उत्सव मनाइएको थियो। सबै जनाले चियरिङ गरिरहेका र गीत गाइरहेको समयमा क्लोपमा स्टेजमा चढेर भाषणसमेत गरे।

ग्लाटन छोडिसकेपछि क्लोपले रोट वेस फ्रान्कफर्टमा पनि खेले, जतिबेला उनी सिटी विश्वविद्यालयमा खेल विज्ञानको अध्ययन गरिरहेका थिए। सन् १९९० मा, २३ वर्षीय क्लोप ३० माइल टाढा रहेका दोस्रो श्रेणीको क्लब माइन्जसँग व्यावसायिक सम्झौता गर्नका लागि गए। मैदानमा उनी दोस्रो श्रेणीको भने पनि उनको दिमाग पहिलो श्रेणीको रहेको भनेर चिनिएको थियो ।

प्रशिक्षक वुल्भ्ग्याङ फ्रान्कको नेतृत्वमा खेलेका ६ फिट ३ इन्चका क्लोपले माइन्जमा लगातार सफलता पाइरहे। त्यहाँ उनले एक दशकको समयमा ३ सय २५ खेल खेले। तर क्लबले उनलाई अचानक प्रशिक्षक बनाउने निर्णय ग¥यो, जहाँबाट उनको अर्को अध्याय शुरू भयो ।

त्यसबेलामा माइन्ज रेलिगेसन भएर तेस्रो डिभिजनमा पुग्ने अवस्थामा थियो। २००१ फेबु्रअरीमा हराल्ड स्तुजले प्रशिक्षक बनाउने निर्णय लिएर उनीमाथि विश्वास गरेका थिए । ‘त्यतिबेला क्लब यस्तो अवस्थामा थियो कि हामीले छिटोछिटो तीन जना प्रशिक्षक परिवर्तन गरिसकेको थियौं।’ –क्लोप खेलाडी हुँदाको र प्रशिक्षक हुँदाको सम्झना गर्दै क्लबका संंस्थापक स्तुजले भने।

‘योर्गेन क्लोप सौखका भोगी थिए, स्पेसल व्यक्तित्वका एक सामान्य मानिस थिए। हामी खेलमा देख्न सक्छौं कि उनी एक नेता हुन्। क्लबका समर्थक कति प्रभावित बनेका छन् त्यो पनि देख्न सक्छौं’, उनले भने–‘उनी प्रशिक्षक भएपछि क्लबमा नतिजा निस्कन शुरू भइहाल्यो। पहिलो गेमका साथै लगातार ६ खेल जित्यौं, जसले क्लबलाई रेलिगेसन जोनबाट बाहिर ल्यायो।’

त्यसपछिका दुई सिजनमा त क्लब प्रोमोसनको दाबेदार नै बन्यो। तर दुवैपटक पीडादायी परिस्थितिले चुक्यो। त्यो समयमा माइन्जको १५ हजार मानिसको सभामा क्लोपले पीडादायक भाषण गरिरहँदा सबैका आँखा रसाएका थिए । क्लबका समर्थकको आँसु तब उत्साहमा बदलियो, जब माइन्ज पहिलोपटक बुन्डेसलिगामा बढुवा भयो।

त्यसपछि माइन्ज तीन वर्षसम्म बुन्डेसलिगामा खेल्यो, जसबाट क्लोपले आफ्नो रणनीति विश्वलाई परिचित गराए। धेरै दुःखका साथ उनले माइन्जबाट बिदा लिए। क्लोप सन् २००८ मा बोरुसिया डर्टमुन्डमा अनुबन्धन भए।

त्यसलगत्तै उनी ८० हजार दर्शक क्षमताको रंगशालाको मालिक क्लबमा राम्रोसँग जमे पनि । त्यहाँ रहँदा उनले क्लबलाई बुन्डेसलिगाका दुईउपाधि दिलाए। क्लोपले सन् २०१५ मा डर्टमुन्ड छोडेर एनफिल्डको यात्रा गरे, जहाँ उनी सफल प्रशिक्षक बने ।

 

प्रतिक्रिया दिनुहोस्