मरणोपरान्त तिब्र गतिमा गाडी चलाएर किर्तिमान



न्युयोर्क, (एजेन्सी) ।

अमेरिकाकी चर्चित जेट कार रेसर जेसी कम्ब्सलाई मरणोपरान्त विश्वमा सबैभन्दा तिब्र गतिमा गाडी चलाएर किर्तिमान बनाएकोमा सम्मानित गरेको छ । सन् २०१९ अगस्ट २७ मा ओरेगानको अल्वर्ड डेजर्टमा जमीनमा गति किर्तिमान तोड्ने प्रयासका क्रममा जेसीको मृत्यु भएको थियो ।

उक्त गाडी हाक्ने क्रममा उनको जेट पावर गाडीले ८ सय ४१ किलोमिटर प्रतिघण्टाको बेग लिएको थियो । गिनिज बुक अफ वल्र्ड रेकर्डले विहिबार उक्त किर्तिमानलाई आधिकारिक रुपमा समावेश गर्ने घोषणा गरेको हो । ३९ बर्षिय जेसीेले ४० बर्ष अघि अल्वर्डकै मरुभुमीमा अमेरिकाकै किटी ओ निलले बनाएको किर्तिमान तोडेको हो ।

किटीले आफनो तीन पांग्रे जेट गाडीबाट सन् १९७६ मा ८सय २३ किलोमिटर प्रतिघन्टा बेगको किर्तिमान बनाएका थिए । जेसी रेसिंग पार्टनर टेरी मेडेनले इन्स्टाग्राममा भावुक पोस्ट गरेकी छन् ।

टेरीले उक्त किर्तिमान पुष्टि गर्दै भनिन् । अन्तत जेसीले जितेरै छाडिन्, जसका लागि उनले आफनो ज्यान गुमाएकी थिइन् । कुनै पनि किर्तिमान उनको लगाब भन्दा ठुलो हुन सक्दैन । यो त्यसतो लक्ष्य थियो, जसलो उनी सँधै पाउन चाहिन्थिन । मलाई मेरी साथी प्रति गर्व छ ।

घरमै तयार पारेको तीन पांग्राको गाडी हाँक्ने क्रममा जेसीले ८ सय ४१ दशमलव ३३८ किलोमिटर प्रतिघन्टाको बेग लिएको थियो । त्यहीबेला गाडीको अगाडीको पांग्रामा प्राविधिक खराबी आयो र दुर्घटनाको सिकार भएो ।

अमेरिकाको हार्नी काउन्टी सेरिफ कार्यालयले दुर्घटनाको बेला गाडीको स्पिड ८ सय ८५ दशमलव १३९ किलोमिटर प्रतिघन्टा भन्दा धेरै भएको जनाएको थियो ।

बाल्यकाल दखि नै तिब्र गतिकी सौखिन जेसीले सन् २०१३ मा ६ सय ४० दशमलव ५ सय ४९ किलोमिटर प्रतिघन्टा बेगको नयाँ किर्तिमान बनाएकी थिइन् । त्यसपछि उनी विश्वकी सबैभन्दा तिब्र बेगकी महिलाको नामले लोकप्रिय भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्