चे ग्वेवाराको जन्मस्थान बिक्रीमा



ब्युनस आयर्स (एजेन्सी)
बिसौं सताब्दीका वामपन्थी क्रान्तिकारी एर्नेस्टो चे ग्वेवाराको अर्जेन्टिनाको रोजारिया सहर स्थित जन्मस्थान विक्री हुन लागेको छ ।
शहरको केन्द्र स्थित २ हजार ५ सय ८० बर्ग फिटको यो घरको बर्तमान मालिक फ्रान्सिस्को फरुग्गियाले सन् २००२ मा यो भवन किनेको बताए । आफुले यो घरलाई एक सांस्कृति केन्द्रमो परिणत गर्न चाहको तर उनको यो योजना कहिल्यै पुरा नभएको फ्रान्सिस्कोले बताए ।
यद्यपी अर्जेन्टिनाका यी ब्यवसायीले घरको मुल्यका बारेमा खुलासा गरेको छैन । विगतका वर्षहरुमा ठुलो संख्यामा मानिसहरु यो भवन हेर्न आइरहेका छन् ।
यहाँ आउने चर्चित हस्तीहरुमा उरुग्वेका पुर्व राष्ट्रपति जोसे पेपे मुजिसा र क्युबाका क्रान्तिकारी नेता फिडेल क्यास्त्रोका बच्चाहरु पनि पर्छन् ।
चे ग्वेवाराको जन्म सन १९२३ मा एक सामान्य मध्यम बर्गिय परिवारमा भएको थियो । तर जब उनले दक्षिण अमेरिकामा गरीबी र भोकमरी देखे, तब उनले क्रान्तिको मार्ग अपनाए ।
क्यबाको क्रान्तिमा उनले महत्वपुर्ण निमाए । यस क्रान्तिमा फुल्गेन्सिको बतिस्ताको तानाशाह सत्तालाई अपदष्ठ गरिएको थियो । त्यसपछि चे ग्वेभारले क्रान्तिको दायरा पुरै दक्षिण अमेरिका र विकासशिल देशहरु सम्म पुर्याउने इच्छा ब्यक्त गरे ।
चे ग्वेवारा क्यबाबाट बोलिभिया गए , जहाँ उनले राष्ट्र्रपति रेने बेरिएन्टोस ओर्टुनो विरुद्ध लडाइ लडिरहेका विद्रोही बलको नेतृत्व गरेका थिए ।
अमेरिकाको मद्दतबाट बोलिभियाको सेनाले चे ग्वेभार र बचेका लडाकुहरुलाई गिरफ्तार गरिएको थियो । सन् १९६७ अक्टोबर ९ मा ला हिग्वेरा नामको एक गाउँमा चे ग्वेवाराको हत्या गरियो र उनको पार्थिव शरीर कुनै गोप्य स्थानमा गाडियो ।
सन् १९९७ मा उक्त गोप्य स्थानका बारेमा जानकारी प्राप्त भएको समाचार चर्चामा आयो । त्यसपछि उनको अन्तिम अवशेष क्यबा ल्याईयो र सम्मानका साथ त्यसको अन्त्यष्टी गरियो ।
क्रान्तिकार चे ग्वेवाराले आफनो जीवनकालमा गरेका कृयाकलापलाई लिएर अहिलेपनि मानिसहरुमा विभिन्न राय रहेको छ । उनका समर्थक उनलाई समर्पण र आत्म बलिदानको उदाहरणका रुपमा हेर्छन । उनका आलोचक चे ग्वेवारा एक क्रुर र बर्बर ब्यक्ती भएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्