क्रिकेट विश्वकप जितेका कपिल देवलाई जुठो भाँडा माझ्नु पर्ने चिन्ताले सताएपछि



नयाँ दिल्ली, (एजेन्सी) ।

भारतीय क्रिकेट टिमले सन् १९८३ मा भएको क्रिकेट विश्वकप जितेको थियो । यो जितको खुशीमा लन्डनको एक होटलमा पार्टी पनि दिइएको थियो । जब पार्टीमा खेलाडीहरुले ज्यादै बियर, रक्सी पिएर खुशी मनाइरहेका थिए । तर विश्वकप जिताएका नायक कपिल देवलाई भने चिन्ताले सताएको थियो ।

कपिल देवले यो पार्टी कसले दिएको भन्ने पनि थाहा नभएको उनको आत्मकथा स्टे«ट फ्रम द हार्टआत्मकथा मा लेखेका थिए । उनलाई त्यो पार्टीको पैसा कसले दिनेमा पनि निकै चिन्ताले सताएको थियो । कपिल देवले पार्टीको बिल तिर्न नसकेमा होटलमै जुठो भाँडा माझ्नु पर्ने भनेर उपाधि जितेको खुशीयाली पनि राम्ररी मनाउन नपाएको आत्मकथामा उल्लेख गरेका थिए ।

कपिल देवले आत्मकथामा लेखेका थिए-,’त्यो बेला खेलाडीलाई सीमित पैसा दिएको हुन्थ्यो, पार्टी निकै चलिरहेको थियो, खेलाडीहरु पर्वाह नगरी लगातार पिउँदै खुशीमा थिए । म भने बिल कसले तिर्छ भन्नेमै चिन्तितमा थिएँ । पछि हैरान पनि भएँ कि त्यो पार्टीको बिल कसले चुकाए र कसले पार्टी आयोजना गरेको। यो अहिले सम्म पनि रहस्यमय रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्