शेयर बजारमा सी–आस्वा प्रणाली



शेयर बजार एक महत्वपूर्ण लगानीको क्षेत्र हो । शेयर बजारमा शेयरका कारोबार गरेर मनग्य पैसा कमाउन सकिन्छ । नेपालमा पनि यसको बजार बिस्तार भइरहेको छ । अब सातै प्रदेशमा नै यसको पहुँच र विस्तार हुने क्रममा अघि बढेको छ ।

यदि हामी शेयर बजारप्रति जिज्ञासु छौँ भने यसबारे बुझ्न जरुरी हुन्छ । यद्यपि सबै थोक बुझ्ने हामीसँग समय नहुन पनि सक्छ । तर २१ शताब्दीको यस स्वर्णिम प्रविधियुक्त समयमा हामीले अनेक माध्यमबाट शेयर कारोबार गर्न सक्छौँ । घर तथा अफिसमा बसी–बसी आफ्नो व्यस्त समयका बाबजुद पनि हामी यस क्षेत्रमा हात हाल्न सक्छौँ ।

यसै विषयमा यहाँ छोटो आइडिया शेयर गर्न चाहन्छु । इन्टरनेटको माध्यमबाट घरमै बसी–बसी कम्प्युटर तथा मोबाइल वा यस्तै डिभाइसबाट शेयर आवेदन दिन सकिने व्यवस्थालाई सी–आस्वा प्रणाली भनिन्छ । यो प्रणालीबाट शेयर आवेदन दिन लगानीकर्ताले आफ्नो बैंक खाता भएको बैंकमा गएर शुरुमा सी–आस्वा प्रणालीको एक्सेस अर्थात् सुविधा लिनलाई आवेदन दिनुपर्छ । त्यसपछि बैंकले लगानीकर्ताको पहिचान गरी सफ्टवेरमा भेरिफिकेसन गरिदिनेछ र लगानीकर्तालाई एउटा भेरिफिकेसन कोड दिनेछ, जसलाई सीआरएन अर्थात् सी–आस्वा रजिस्ट्रेसन नम्बर भनिन्छ ।

यहि कोड नम्बर प्रयोग गरी लगानीकर्ताले बैंकमा नगई हरेकपटक आईपीओ र एफपीओ घरमै बसेर जुनसुकै समयमा भर्न सक्नेछन् । अहिले सबै वाणिज्य बैंक र केही अन्य वित्तीय संस्थाले यो सुविधा प्रदान गरिरहेका छन् । यसरी हामी शेयर बजारमा प्रवेश गरी लागनी गर्न सक्छौँ ।

– सुरक्षा केसी, बागबजार, काठमाडौं ।

 

प्रतिक्रिया दिनुहोस्