आफूले आफूलाई चिन्ने समय !



  • प्रेम रावत

हरेक मानिसभित्र राम्रोपना पनि छ र नराम्रोपना पनि । तपाईंभित्र अँध्यारो पनि छ अनि उज्यालो पनि । यदि तपाईंले चाहनुभयो भने त्यो उज्यालोलाई, त्यो दियोलाई बालेर आफ्नो जीवनमा एउटा नयाँ प्रकाश ल्याउन सक्नुहुन्छ । हामी जीवनमा सुख, शान्ति र आनन्द चाहन्छौँ तर काम, क्रोध र मोह–मायामा अल्झिएर हामी त्यो आनन्दलाई भुल्न पुग्छौँ ।

त्यसो त काम, क्रोध र मोह–मायालाई सबैजसोले त्याग्न चाहेका हुन्छन् । तथापि, यी कुरा त्याग्ने काम सजिलो हुँदैन भन्ने पनि सबैलाई थाहा छ । तर तपाईंको जीवनमा शान्ति छ भने तिनीहरू आपैmँ हटेर जान्छन् । जसरी प्रकाशको आगमनसँगै अँध्यारो आपैmँ हट्छ, त्यसै गरी जीवनमा शान्तिको आगमनसँगै काम, क्रोध, मोह र लोभ पनि आफैँ जान्छन् । तर, शान्तिको अनुभव नभएपछि ती फर्केर फेरि आइहाल्छन् ।

यदि तपाईं आफ्ना लागि जिउन सिक्न चाहनुहुन्छ भने पहिला आफूले आपैmँलाई चिन्नुपर्नेछ । अनि, हृदयमा जुन शान्ति प्राप्त गर्ने जिज्ञासा छ, त्यसलाई महसुस गर्नुपर्नेछ । आफ्ना लागि पनि जिउन सिक्नुहोस् भन्नुको अर्थ ‘तपाईं असल कर्म नगर्नुहोस्, तिर्खालुलाई पानी नखुवाउनुहोस्’ भन्ने पनि होइन । बरु तपाईं आफूले पनि पानी पिउनुहोस् । जसरी तपाईं मानिसहरूलाई हेरचाह गरेर तिनको मुहारमा खुशी देख्न चाहनुहुन्छ, त्यसै गरी आफूलाई पनि ध्यान दिनुहोस् अनि आफ्नो हृदयलाई पनि खुशी राख्नुहोस् ।

काम, क्रोध र मोह–मायालाई सबैजसोले त्याग्न चाहेका हुन्छन् । तथापि, यी कुरा त्याग्ने काम सजिलो हुँदैन भन्ने पनि सबैलाई थाहा छ । तर तपाईंको जीवनमा शान्ति छ भने तिनीहरू आफैँ हटेर जान्छन् । जसरी प्रकाशको आगमनसँगै अँध्यारो आपै“m हट्छ, त्यसै गरी जीवनमा शान्तिको आगमनसँगै काम, क्रोध, मोह र लोभ पनि आफैँ जान्छन् ।

फलतः यो कर्मलाई अभैm राम्रोसँग सम्पन्न गर्न सकियोस् । सृष्टिकर्ताले प्रत्येक श्वासमा जुन अथाह आनन्दको सम्भावना प्रदान गरेका छन्, त्यसको पूर्णरूपले आनन्द लिन सकियोस् । यो क्षमता तपाईंसँगै छ अनि यो तपाईंको वास्तविक क्षमता हो ।

तपाईंसँग एउटा अर्को क्षमता पनि छ । त्यो हो ‘आफू’ लाई चिन्न सक्ने । किनभने, स्वयंलाई नचिनेसम्म तपाईं अपरिचित नै रहनुहुनेछ । तपाईं आफूलाई चिन्न र बुझ्न सक्नुहुन्छ । किनकि यो एकदमै आधारभूत कुरा हो । यो त आफूसँग बिताउने समय हो अनि ‘म के हुँ’ भन्ने कुरालाई बुझ्ने समय पनि हो । त्यसपछि तपाईंको जीवनमा भएका सबै लक्ष्यलाई पूरा गर्नुहोस् ।

यसका साथै ‘मेरो जीवन सफल हुनुपर्छ’ भन्ने लक्ष्य लिएर त्यसलाई पनि पूरा गर्नुहोस् । यो सफलताका बारेमा तपाईंलाई अरू कसैले बताउनेछैन । किनभने, यस कुरालाई तपाईं आफैँले महसुस गर्नुहुनेछ । तपाईंलाई आफ्नो हृदयमा शान्तिको अनुभव भएको दिन तपाईंले ‘आफ्ना लागि बाँच्नु भनेको के हो’ भन्ने कुरालाई बुझ्नुहुनेछ ।

एउटा कथा छ । एकदिनको कुरा हो । एउटा सिंह आफ्नो गुफाबाट बाहिर निस्कियो । ‘म सिंह हुँ, मभन्दा बलियो त यो संसारमा कोही पनि छैन’ भन्ने सोचमा हर्षित हुँदै ऊ गइरहेको थियो । जङ्गलमा जाँदै गर्दा उसले हरिणको बच्चालाई देख्यो । ऊतिर गएर सोध्यो– ‘भन, यो जङ्गलको राजा को हो ? यो जङ्गलमा सबैभन्दा बलवान् को छ ?’

त्यो सानो हरिणले भयभित हुँदै भन्यो– ‘तपाईं नै सबैभन्दा बलवान् हुनुहुन्छ । तपाईं नै यो जङ्गलको राजा हुनुहुन्छ ।’ सिंह निकै खुशी भयो । उसले त्यो हरिणलाई छोडिदियो । बाटामा उसले एउटा ब्वाँसोलाई भेट्यो । उसले त्यो ब्वाँसोसँग सोध्यो– ‘यो जङ्गलमा सबैभन्दा बलवान् को छ ? यो जङ्गलको राजा को हो ?’

बिचरा त्यो ब्वाँसो डराइरहेको थियो । उसले भन्यो– ‘तपाईं नै सबैभन्दा शक्तिशाली हुनुहुन्छ । तपाईं नै यो जङ्गलको राजा हुनुहुन्छ ।’ सिंह मनमनै एकदमै खुशी भयो । अगाडि जाँदै गर्दा बाटामा उसले एउटा खरायोलाई भेट्यो । खरायोसँग पनि उसले त्यही कुरा सोध्यो । खरायोले डराउँदै भन्यो– ‘तपाईं नै सबैभन्दा बलवान् हुनुहुन्छ । तपाईं नै यो जङ्गलको राजा हुनुहुन्छ ।’ आफ्नो प्रशंसा सुनेर सिंह निकै प्रसन्न भयो ।

उसमा अझ केही थप स्फूर्ति बढ्यो । अब त ऊ अभैm दम्भका साथ अघि बढ्यो । जाँदा–जाँदा एउटा हात्ती फेला प¥यो । उसले हात्तीका अघि गर्जना गर्दै सोध्यो– ‘ए हात्ती ! भन, यो जङ्गलको राजा को हो ? यो जङ्गलमा सबैभन्दा बलियो को छ ?’

हात्तीले अचम्म मान्दै सिंहलाई हे¥यो । उसले मनमनै ठान्यो– यो सानो सिंह मलाई यस्तो प्रश्न सोधिरहेको छ ! उसले सिंहलाई आफ्नो सुँडले बेरी जोडले पछार्न थाल्यो । निकै पटक पछारेपछि सिंहको अवस्था अत्यन्तै नाजुक भयो । उसले केही समयपश्चात् त्यसलाई छोडिदियो ।

बिचरो सिंह एकदमै विक्षिप्त अवस्थामा पुग्यो । ऊ बिस्तारै उठ्दै हात्तीतिर फर्केर भन्यो– ‘यदि तिमीलाई मेरो प्रश्नको उत्तर थाहा थिएन भने तिमी रिसाउनुपर्ने आवश्यकता नै के थियो र ?’

त्यसपछि पनि ऊ अझै यही नै सोच्दै थियो– ‘मलाई नै सबै कुरा थाहा छ तर हात्तीलाई मेरो प्रश्नको उत्तर थाहा छैन । त्यसकारण ऊ रिसाइरहेको छ ।’ यसरी घमण्डका कारण सिंहले त्यो वास्तविकतालाई स्वीकार गर्न सकेन, जुन ऊसँग भइरहेको थियो । हात्तीले आफूलाई किन यस्तो ग¥यो भनेर उसले बुझ्नै सकेन ।

हाम्रो जीवनमा यही कुरा– माया, मोह, काम, क्रोध, शत्रु बनेर आउँछन् । जसका कारणले हाम्रो जीवन पनि दुःखमय भएर आउँछ । तर, यी कुराभन्दा माथि एउटा चीज छ, जुन तपाईंभित्र छ । त्यसलाई तपाईं चिन्न सक्नुहुन्छ । जुन एकदमै राम्रो छ । चाहे बाहिर जस्तोसुकै परिस्थिति होओस्, दुःख दिने कुरा नै किन नहोओस् तर तपाईंभित्र एउटा चीज छ, जुन सुख दिने खालको छ । त्यसलाई सुन्दरता मन पर्छ । त्यो सौन्दर्यलाई अनुभूत गरेपछि मानिस खुशी हुन्छ । अनि, त्यो खुशी दिमागी खुशी होइन, त्यो खुशी हृदयको खुशी हो । त्यो तपाईंभित्रै छ । त्यो सबै मानिसभित्र छ । केवल त्यसलाई चिन्नु र पहिचान गर्नु आवश्यक छ । तपाईंले त्यसलाई चिनेपछि, पहिचान गरेपछि तपाईंको जीवनमा पृथक् किसिमको रौनकता छाउनेछ ।

हामीभित्रको, हाम्रो हृदयको अभिलाषा के हो ? यदि हामीले मौरीलाई हे¥यौँ भने त्यो निकै सानो भएर पनि त्यसले आफ्नो चाकामा धेरै मह जम्मा गर्छ । यो कसरी सम्भव हुन्छ त ? त्यो मौरीले प्रत्येक फूलमा गएर रस निकाल्छ । एउटा फूलमा कति मह हुन्छ ? यदि हामीले एउटा फूललाई हे¥यौँ र त्यसबाट मह निकाल्न चाह्यौँ भने कति मह निकाल्न सक्छौँ होला ? अहँ सक्दैनौँ । हामीले त्यसभित्रको महलाई देख्न पनि सक्दैनौँ । तर, मौरीसँग यस्तो विधि हुन्छ, जसका माध्यमबाट त्यसले फूललाई सुँघ्दै त्यसको नजिकै गएर त्यसबाट रस निकाल्छ । हजारौँ मौरीले यस्तै गरेर थोरै–थोरै गर्दै फूलबाट रस निकाल्छन् र मह जम्मा गर्छन् । यो मौरीको अभिलाषा हो । तर, हाम्रो हृदयको अभिलाषा के हो ?

चाहे जो व्यक्ति भए पनि, सबैको हृदयको अभिलाषा समान हुन्छ । सुख–शान्तिसँग बस्ने र आफ्नो जीवनमा आनन्द होओस् भन्ने हुन्छ । हरेक मानिसको यही अभिलाषा हुन्छ । हाम्रो हृदय पनि त्यो फूलजस्तै आनन्द र शान्तिको रसले भरिपूर्ण छ । यदि हामीले आफ्नो जीवनमा हृदयको अभिलाषालाई पूरा ग¥यौँ भने हाम्रो जीवन पनि सुख र शान्तिरूपी महले भरी हुन्छ । हामीले आफ्नो हृदयको अभिलाषालाई बुझेर त्यसलाई पूरा गर्न आवश्यक छ ।

विचारणीय कुरा के हो भने, हामीले पाएको यस जीवनमा मौरीको जस्तै अभिलाषा हुनुपर्छ । यदि हामीले मौरीलाई हे¥यौँ भने उसको ध्यान एकै ठाउँमा एकाग्र भएको पाउँछौँ । त्यसले एउटा समयमा एउटै काम गर्छ । यदि हाम्रो ध्यान पनि हाम्रो हृदयको अभिलाषा पूरा गर्नलाई एकाग्र भयो भने हाम्रो जीवनमा सुख प्राप्त हुन सक्छ । हामीले पनि आफ्नो अभिलाषालाई बुझ्नुपर्छ । किनभने सबैको हृदयको अभिलाषा एउटै हुन्छ । यदि यस्तो भयो भने हामी वास्तविक आनन्दलाई अनुभूति गरेर आफ्नो हृदयको अभिलाषालाई पूरा गर्न सक्छौँ ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण डा. प्रेमराज ढुङ्गेल ।)

 

 

प्रतिक्रिया दिनुहोस्