अर्धनग्न शरीरमा बच्चालाई पेन्टिङ गर्न लगाएपछि…



पूर्व भारतीय मोडल रेहाना फातिमा फेरि समस्यामा परेकी छिन्। उनले अर्धनग्न शरीरमा पेन्टिङ गरेपछि भारतको केरल प्रहरीले केस दर्ता गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

किस फर लभजस्ता क्याम्पेन चलाउने विवादास्पद मोडल रेहानाले यसपटक भने एक बच्चामार्फत आफ्नो अर्धनग्न शरीरमा पेन्टिङ गराइरहेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन्। त्यसपश्चात् उनीमाथि कारबाहीका लागि केस दर्ता गरिएको छ।

केरल प्रहरीले किशोर न्याय अधिनियम तथा सूचना प्रौधोगिकिको गैरजमानती धारा ६७ अनुसार उनीमाथि केस दर्ता गरेको हो। विवादास्पद अभियान्ता रेहानाले जुन १९ मा आफ्नो युट्युब च्यानलमा २ मिनेटको उक्त भिडियो पोस्ट गरेकी थिइन्। जसमा उनी ओछ्यानमा पल्टिइरहेको देखिन्छ। बच्चा भने उनको नग्न शरीरमा पेन्ट गरिरहेको देखिन्छ।

उनले उक्त भिडियो पछि आफ्नो फेसबुक पेजमा पनि शेयर गरेकी थिइन्। केही समयअघि रेहानाले पवित्र सबरिमाला मन्दिरमा प्रवेश गर्न खोजेपछि उनलाई प्रवेश रोक लगाउँदा ठूलो विवाद भएको थियो।

स्वघोषित अभियान्ताका रूपमा चिनिने रेहानालाई सन २०१४ मा २ दशमलव १ लाख ठगीको आरोपमा कारबाही गरिएको थियो भने केही समयअघि केरल मुस्लिम जामेथ काउन्सिलले उनलाई मुस्लिम समुदायबाट निष्कासन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्