आधा दर्जन क्रिकेट प्रतियोगिता गर्ने लक्ष्य



न्यूज अफ नेपाल,काठमाडौं।

आगामी आर्थिक वर्ष २०७७/७८ मा सरकारले केन्द्रीय स्तरमा महिला र पुरुषका गरि आधा दर्जन क्रिकेट प्रतियोगिता गर्ने लक्ष्य लिएको छ ।रातो किताबमा जारी भएका कार्यक्रम अनुसार आगामी आर्थिक वर्षमा सरकारले ६ वटा क्रिकेट प्रतियोगिता गर्ने लक्ष्य लिएको हो ।

जसअनुसार प्रधानमन्त्री कप महिला र पुरुष, राष्ट्रपति कप, अन्तर्राष्ट्रिय आमन्त्रण कप, राष्ट्रिय क्रिकेट लिग धनगढी, राष्ट्रिय यु–१९ क्रिकेट प्रतियोगिता र मनमोहन स्मृति क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगिता आयोजनाका लागि सरकारले बजेट पनि विनियोजन गरेको छ । प्रधानमन्त्री कप पुरुष प्रतियोगिताका लागि सरकारले ४० लाख तथा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताका लागि २५ लाख विनियोजन गरेको छ । त्यसैगरी, राष्ट्रपति कप अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिताका लागि ५ लाख विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्