स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सल्यान जिल्ला अस्पताल सिल



न्युज अफ नेपाल, सल्यान ।
अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मी कोरोना संक्रमित देखिएपछि जिल्ला अस्पताल सल्यान सिल गरिएको छ ।
अस्पताल प्रशासनले एक सूचना जारी गर्दै बिहीबारदेखि अनिश्चितकालका लागि अस्पताल सिल गरिएको हो ।

अस्पतालका प्रमुख डा अर्जुन बुढामगरले अर्को सूचना जारी नभएसम्मका लागि आकस्मिक बाहेक अन्य सबै सेवा बन्द गरिएको बताउनुभयो । संक्रमितलाई अहिले आइसोलेसनमा राखेर उपचार गराईरहेको । विरामीको स्वास्थ्य अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्