रियल पुनः शीर्षमा उक्लियो



लन्डन, एजेन्सी ।

रियल मेड्रिड पुनः स्पेनिस ला लिगाको शिर्ष स्थानमा उक्लेको छ ।

बुधबार राति घरेलु मैदानमा भएको खेलमा मालोर्कालाई २(० गोलअन्तरले पराजित गर्दै रियल फेरि शिर्ष स्थानमा पुगेको हो । रियलले खेलको १९ औं मिनेटमा अग्रता बनाएको थियो । लुका मोड्रीचले दिएको पासलाई भिनिसियसले गोल गरेपछि पहिलो हाफसम्म रियलले एक गोलको अग्रता बनाएको थियो ।

खेलको ५६औ मिनेटमा नै रियलले अग्रता दोब्बर पार्‍यो । कप्तान सर्जियो रामोसले झन्डै २५ यार्ड दूरीबाट गरेको फ्रिकिक प्रहार गोलमा परिणत भएको थियो । त्यसपछिको बाँकी रहेको समयमा भने दुवै टिमबाट गोल हुन सकेन र रियल विजयी भयो ।

जितसँगै रियल र बार्सिलोना दुवैको ३१ खेलमा समान ६८ अंक भएको छ । तर, हेड टु हेडको आधारमा रियलले बार्सिलोनालाई उछिनेको छ । मालोर्का भने ३१ खेलमा २६ अंकसहित रेलिगेसन क्षेत्रमा यथावत नै छ ।

प्रतिक्रिया दिनुहोस्