संसारकै महंगो शौचालय भरतपुरमा बन्यो ?



काठमाडौँ ।

मुलुक अहिले कोरोना महामारीले थला परेको छ । सरकारले कोरोना रोकथामकालागि स्थानीय स्तरमा कोरोना अस्थायी अस्पताल निर्माण गरी रहेको छ ।

चितवनको भरतपुरमा रहेको कोरोना अस्थायी अस्पतालमा निर्माण गरिएको एउटा सौचालयको निर्माण लागत २५ लाख ४४ हजार ५ सय ४८ रुपिया खर्च भएको बिवरण पेश गरिएको छ ।

अहिले उक्त शौचालयको तस्वीर मुलुकभर भाइरल भएको छ । सामाजिक सन्जालमा संसारकै महंगो शौचालय भरतपुरमा बनेको भनेर त्यसलाई प्रचार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्