पतंजलीले सार्वजनिक गरे कोरोनाको आयुर्वेदिक औषधी

सय जनामा प्रयोग गर्दा तीन दिनमा ६९ र सात दिनमा १०० प्रतिशत विरामी निको भएको दाबी



न्युज अफ नेपाल, काठमाडौं ।

पतंजलिका बाबा रामदेवले कोरोना विरुद्धको औषधी बनाएको दाबी गरेको छ । भारतको हरिद्वारमा सोमबार एक कार्यक्रमका बीच बाबा रामदेवले उक्त औषधीको सार्वजनिक गरिएको छ ।

कार्यक्रममा बाबा रामदेवले दुई पटक औषधीको परिक्षण गरिएको बताए । पहिलो पटकमा क्लिनिकल कन्ट्रोल अध्ययन गरेको र दोस्रो पटकमा क्लिनिकल कन्ट्रोल परिक्षण गरेको जनाएको छ ।

क्लिनिकल कन्ट्रोल अध्ययनमा २ सय ८० जना कोरोना संक्रमितलाई समावेश गराईएकोमा सय प्रतिशत विरामीको निको भएको र कोहीको पनि मृत्यु नभएको बताईएको छ ।

रामदेवले सय जनामा क्लिनिकल कन्ट्रोल परिक्षण गर्दा तीन दिनमा ६९ प्रतिशत र सातदिनमा सय प्रतिशत विरामीको कोरोना पोजिटिभबाट नेगेटिभ आएको बताए ।

प्रतिक्रिया दिनुहोस्