महिलामा मानसिक तनाव बढी



विश्व स्वास्थ्य संगठनले हालै गरेको एक सर्वेक्षणअनुसार पुरुषको तुलनामा महिला बढी मानसिक रोगी हुने गर्दछन् । सो अध्ययनअनुसार कुनै स्थानमा दश जना पुरुषलाई मानसिक तनावले सताएको अवस्थामा १८ जना महिला त्यो भन्दा गहिरो मानसिक तनाव खेपेर बाँच्न बाध्य भइरहेको पाइएको छ । सर्वेक्षण प्रतिवेदनअनुसार त्यसो हुनुमा गरिबी, अशिक्षा, बेरोजगारी, असफल र असन्तुष्ट वैवाहिक जीवन तथा प्रतिकूल सामाजिक परिस्थितिबाट महिला बढी प्रभावित हुने गरेकाले हो ।

साथै फेसबुक अपडेट गर्न नपाए पनि युवतीहरूमा तनाव बढ्ने गरेको उक्त सर्वेक्षणले देखाएको छ । विश्व स्वास्थ्य संगठनले अमेरिकामा गरेको उक्त सर्वेक्षणमा ५ लाख अमेरिकनमध्ये ७० प्रतिशत युवतीले फेसबुक अपडेट गर्न नपाउँदा तनाव हुने स्वीकार गरेका थिए । साथै जसले मिल्दो श्रीमान्का साथ एक वा दुई बच्चाहरूसँगे बस्न पाएका हुन्छन् त्यस्ता महिलाहरू मानसिकरुपले बढी सन्तोषी हुने गरेका छन् । उनीहरूलाई फेसबुक अपडेटसँग कुनै सरोकार छैन ।

यस्तै गरी ३० प्रतिशतले सोसल नेटवर्किङ साइटका कारण तनावको मात्रा बढ्ने कुरा स्वीकार गरेका छन् । ‘युनिक स्टाटस बनाउन र त्यसमा मानिसले लाइक गरेको पाउनु खुशीको कुरा हो, यसले केही तनाव त दिन्छ नि ∕’ न्युयोर्क युनिभर्सिटी कानुनकी विद्यार्थी निकिता भेलवडीले भनिन् । फेसबुक निरन्तर हेर्न पाइएन भने झन् तनावमा रहने गरेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्