प्रसूतिपछि तौल घटाउन करिना कपुरका टिप्स



गर्भावस्था तथा प्रसूतिपछि महिलाको तौल बढ्नु सामान्य कुरा हो । चिकित्सकहरूका अनुसार यस अवस्थामा १५ देखि ३० केजीसम्म तौल बढ्ने गरेको पाइएको छ ।

बलिउडकी फिट तथा सुन्दर नायिका करिना कपुर खानको आमा बन्ने क्रममा करिब १६ केजी तौल बढेको थियो । तर उनले त्यस अवधिमा बृद्धि भएको तौललाई आप्mनो नियन्त्रणमा राखेर फिट र आकर्षक अवस्थामा बाहिर आएकी थिइन् । तौल बढाउन सजिलो छ तर घढाउन निकै कठिन छ । त्यसका लागि खानपानमा ध्यान दिनुका साथै नियमित व्यायाम पनि गर्नुपर्छ । यसका लागि करिना कपुरले केही टिप्स पनि दिएकी छन् ।

डाइटमा ध्यान दिने

*बोसो, चिल्लो र चिनीको मात्रा कम भएको खाना खाने ।

*पोषक तत्व बढी भएको खाद्यवस्तु आफ्नो खानाको सूचीमा राख्ने ।

*चिल्लो, नुनिलो र गुलियो भएका जंक फुडहरू आफ्नो खानामा समावेश नगर्ने ।

*ताजा फल, हरिया सागसब्जी र ताजा दुग्धपदार्थ मात्र प्रयोग गर्ने ।

*पास्ता, ब्रेड, अण्डा, ड्राइ फ्रुट्सलाई खानामा समावेश गर्न सकिन्छ ।

*नियमितरुपमा कुनै पनि किसिमको व्यायाम गरिरहने ।

*सुत्केरी अवस्थामा धेरै खाना जरुरत पर्छ भनेर अनावश्यक खाना नखाने ।

फिटनेसका लागि खाना नछोड्ने

प्रायः मानिस तौल कम गर्नका लागि एकछाक खाना नै छोड्ने गर्छन् । यसले तौल छिटो घट्छ भन्ने उनीहरूमा भ्रम हुन्छ । तर यो धारणा एकदमै गलत हो । किनभने एकछाक खाना छोडेपछि भोक लाग्दा स्न्याक्स तथा खाजा खाने गरिन्छ, जसमा एकछाक खानाको भन्दा बढी क्यालोरी रहेको हुन्छ । कतिपयमा थोरै–थोरै स्न्याक्स बेला–बेलामा खाइरहने बानी हुन्छ । यसका कारण तौल घट्नुका सट्टा बढ्न जान्छ । त्यसकारण नियमित खाना कहिल्यै पनि छोड्नुहुँदैन । बिहानको नास्ता पनि नियमित नै गर्नुपर्छ । किनभने बिहान शरीरलाई ऊर्जाको आवश्यकता पर्छ । तर खानाको छनोट गर्दा चिल्लो, गुलियो खानाबाट बच्नुपर्छ ।

गर्भावस्थाको तौल प्रसूतिपछि केही मात्रामा आफैँ घट्छ । प्रसूतिको ४० दिनसम्म बिस्तारै केही मात्रामा तौल आफैँ घट्दै जान्छ । यदि आफ्नो तौल नियन्त्रणमा राख्ने र अनावश्यक तौल घटाउने हो भने व्यायाम गर्नुपर्छ र खानपानमा पनि ध्यान दिनुपर्छ । प्रशस्त पानी पिउनुपर्छ । गर्भावस्थामा प्रोटिन धेरै भएको खाना खानुपर्छ । गर्भावस्थामा पेटभित्रको शिशुलाई पानी, कम मात्रामा प्रोटिन, कार्बाेहाइड्र्ेटको जरुरत पर्छ । तर त्यसका लागि धेरै तेल–घिउ राखेको र गुलियो खाना खान भने जरुरी छैन ।

प्रतिक्रिया दिनुहोस्