सडकका साईट ईन्चार्ज बलात्कार आरोपमा पक्राउ



न्युज अफ नेपाल,पर्वत ।

एक २२ बर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा सडक निर्माण कम्पनीका साईट इञ्र्चाज पक्राउ परेका छन् । पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नं. ४ का ३२ बर्षिय रविन जिसी असार ५ गते शुक्रबार पक्राउ परेका हुन ।

आरोपित जिसीले जेठ १६ गते जलजला गाउँपालिका वडा नं. ७ धाइरिङ्गमा आफुलाई बलात्कार गरेको भन्दै पिडित युवतीले असार ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ । उनले आफुलाई बलात्कार गरेर सामाजिक रुपमा असह्य हुने गरी हिंसात्मक तबरबाट प्रचारबाजी गरेको आरोप लगाएकी छन ।

आरोपित जिसी पर्वतको जलजला गाउँपालिकामा निर्माणाधिन मिलनचोक धाइरिङ ठोट्नेरी सडकमा साइड इञ्चार्जको रुपमा कार्यरत रहेका छन् । उनलाई प्रहरीले उजुरी परेकै दिन शुक्रबार सोही स्थानबाट नियन्त्रणमा लिएको थियो भने बेनी अस्पताल म्याग्दीमा स्वास्थ्य परिक्षण गरी जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखेको छ ।

आइतबार दिउँसो आरोपित जिसीलाई सरकारी वकिल कार्यालय पर्वत मार्फत जिल्ला अदालतमा म्याद थप्ने तयारी गरिएको इन्सपेक्टर बुद्धिप्रसाद सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्