सदरखोरस्थित भीआईपी कैदी भवनमा भत्किएका संरचना हटाईँदै (फोटोफिचर)



न्युज अफ नेपाल,काठमाडौं ।

शुक्रबार राती डिल्लीबजारस्थित सदर खोरको भिआईपी कैदी भवन भत्किएपछि आज आज भत्किएको ठाउँमा सफा गरिदैँ छ । मध्यान्हदेखि नै डोजर परिचालन गरेर भत्केका संरचनाहरुलाई व्यवस्थापन गर्ने कार्य जारी छ ।


 

लामो समयदेखि खाली रहेको जीर्ण भवनमा भीआईपी कैदीहरु सांसद रेशम चौधरी, रामचन्द्र प्यासी, पूर्व डीआईजी रञ्जन कोइराला रहेका थिए ।

प्रहरीका अनुसार मानविय क्षती भएको छैन । ६१२ जना कैदी रहेको उक्त कारागारमा अहिले कुनै सुरक्षा चुनौती छैन । घटनास्थल भन्दा अलि भित्रै कैदीहरु रहने व्यवस्था छ ।

तस्वीर : दिपेश स्थापित



 

प्रतिक्रिया दिनुहोस्