वर्षातका कारण कान्तिलोकपथ अबरुद्ध



न्युज अफ नेपाल, काठमाडौं ।
काठमाडौंसँग तराई जोड्ने छोटो दुरीको बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ वर्षातका कारण अबरुद्ध बनेको छ। कान्ति लोकमार्ग नामले परिचित ललितपुर खण्डको छपेली–बगुवामा पहिरोले गर्दा सडक अबरुद्ध बनेको हो ।

शुक्रबार विहानदेखि पहिरो लड्न थालेको छपेलीका स्थानीय नवराज घिमिरेले बताउनुभयो । ७/८ ठाउँमा ठूलो पहिरो लडेकोले पहिरो पञ्छिन केही दिन लाग्ने बताईएको छ ।

अहिले पहिरो पन्छाउने कार्य भईरहेको बागमती गाउँपालिकाका प्रवक्ता विष्णुप्रसाद तिमल्सिनाले बताउनुभयो । यस मार्ग हुँदै हेटौडासम्म छिट्टै पुग्न सकिन्छ । यस मार्गको विस्तारको काम अन्तिम चरणमा पु¥याईएको छ ।

प्रतिक्रिया दिनुहोस्