स्वस्तिमाको हट अवतार



नायिकाहरु विदेश उड्नासाथ यो हुइँया त्यसै त्यसै रोमाञ्चित भएर आउँछ। नायिकाहरु विदेश सयरमा निस्केपछि जसरी आफूलाई खुलारुपमा प्रस्तुत गर्छन्, त्यसको अग्रिम कल्पनाले नै हुइँयालाई रोमाञ्चित बनाइदिन्छ।

वर्षा राउत, प्रियंका कार्की, साम्राज्ञी राज्य लक्ष्मी देवी शाह जो जो नायिका छन्, यी सबैले विदेश पुगेपछि आफूलाई खुलारुपमा प्रस्ुतत गर्दै आएका छन्। विदेशको समुद्री किनारमा पुग्यो, रोमाञ्चक तस्वीर खिचायो, अनि सामाजिक सञ्जालमा अपलोड गरिहाल्यो। उनीहरुका यस्ता तस्वीर सामाजिक सञ्जालमा देखिन पाएको हुँदैन, भाइरल बन्न पुगिहाल्छ।

हुइँयालाई मन पर्ने अर्की नायिका स्वस्तिमा खड्का पनि हालैका दिनमा म्यानरमारमा पुगिन्। म्यानमार पुगेर स्वस्तिमाले भयंकर मस्ती गरेको देखेर हुइँया पनि दंग परेको छ। उनले त्यहाँको स्वीमिङ पोलमा खिचेको तस्वीर सामाजिक सञ्जालमा पोस्ट के गरेकी थिइन्, मिश्रित प्रतिक्रिया आयो। कसैले उनलाई उडाए भने कसैले चाहिँ उनको बोल्ड अवतारको तारिफका तारिफ गरे। हुइँयालाई त यसै पनि स्वस्तिमा मन पर्ने नै भइन्, उनको यो नयाँ अवतार मन नपर्ने कुरै भएन।

प्रतिक्रिया दिनुहोस्