क्वोरन्टाइनको कथामा भिडियो



कोरोना भाईरसका कारण हुने कोभिड १९ नियन्त्रण र रोकथामका लागि भएको लामो बन्दाबन्दी खुकुलो भएपछि पल शाह, सागर लम्साल (बले) र रियाशा दाहाल एउटै म्युजिक भिडियोमा देखिएका छन्।

बन्दाबन्दी खुकुलो भएपछि भौतिक दुरी कायम गरि निर्माण गरिएको ए है माया बोलको गीतको म्युजिक भिडियोमा पल, बले र रियाशासँगै टिकटकका हिट जोडी सुधिर श्रेष्ठले अभिनय गरेका छन्।

दीपक शर्माको संगीत र श्यामस्वेत रसाइलीका एरेन्ज रहेको गीतमा मेलिना राई र सरोज ओलीको स्वर रहेको छ। गीतको शब्द गायक ओली आफैले लेखेका छन् भने म्यूजिक भिडियोको निर्देशन पनि उनी आफैंले गरेका छन्।

विक्रम स्वारको कन्सेप्ट र कोरियोग्राफीमा निर्माण भएको म्युजिक भिडियो नवराज उप्रेतिले छायांकन गरेका छन्।

गीतको म्युजिक भिडियोमा क्वारेन्टाइनमा रहेकी युवतिप्रतिको माया दर्शाइएको छ। भिडियोले कोरोना संक्रमणपछि एक्लोपनको महसुस हुन नदिन मनोरञ्जनसँगै माया, प्रेम र सहयोगको आवश्यकता पर्ने भएकाले सोही अनुसार व्यवहार गर्नु पर्ने सन्देश प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्