महिलामाथि विभेद कायमै



समाजका विभेदकारी प्रथा र परम्पराहरु समयक्रमसँगै परिवर्तन गर्दै जानुपर्छ । एउटा सामाजिक अगुवा अन्धविश्वास र कुरीति हटाउन कोसेढुंगा बन्न सक्छन् ।

समाजमा केही नौलो र गलत परम्परा तोड्न साहस चाहिन्छ । राम्रो अभियानको थालनी गर्दा शुरूमा एक्लो भए पनि त्यसको अनुकरण बिस्तारै हुँदै जान्छ ।

समाजमा महिला–पुरुष समानताको कुरा गर्ने, लैंगिक विभेदविरुद्ध आवाज उठाउने र सामाजिक अन्धविश्वास हटाउनुपर्ने कुरा गर्नेहरु थुप्रै छन् । विभेदकै विषयमा समाजका मान्छेको सोचमा परिवर्तन हुन किन सकेन ?

खासगरी महिला–पुरुषबीचको विभेद भनेको लिंग मात्र हो । तर समाजमा महिलालाई कमजोर बनाउन र पुरुषलाई शक्तिशाली देखाउन विभिन्न नियम बनाएर विभेदको सिर्जना गरिएको छ ।

समाजमा केही दशकअघि सती प्रथाको कुरीति चलेको थियो । आज पनि अनेक महिलामाथिका हिंसाहरु, विभेदहरु जारी छन् । अब हामी सबै मिलेर समयसँगै कुरीति फाल्न एकजुट हुनुपर्छ ।
– रोशन गोर्खाली, उदयपुर ।

 

 

प्रतिक्रिया दिनुहोस्