डा. ब्रिजेश मैनालीको गीत ‘किन हो किन कुन्नि सपनीहरुमा उनी’ सार्वजनिक



न्युज अफ नेपाल,काठमाडौं ।

डा. ब्रिजेश मैनाली र शोभिता पराजुलीको प्रस्तुतीमा ‘किन हो किन कुन्नि सपनीहरुमा उनी’ नामको लिरिकल म्युजिक भिडियो म्युजिक नेपालको यु-ट्युब् च्यानल मार्फत सार्वजनिक गरिएको छ।

डा. ब्रिजेश मैनालीद्वारा रचित तथा नेपालका चर्चित युवा संगीतकार दिपक शर्माद्वारा संगितबद्ध उक्त गीत नेपाल आईडल-२ का चर्चित तथा लोकप्रिय गायक अमित बरालले गाएका छन। उक्त लिरिकल म्युजिक भिडियोको सम्पादन सम्बुराम महर्जनले गरेका छन्।

लकडाउनको बेला आफ्नो प्रियसीलाई भेट्न नपाएर बसेका प्रेमी प्रेमिकाका मनोभावनालाई डा. मैनालीले शव्दमा ढाल्नुभएको छ । यो गीत सबैका लागि प्रेमको सन्देश बाहक बन्ने विश्वाश गीतका रचियता डा. मैनालीको छ ।

नविकरणीय उर्जा प्रविधि विज्ञ डा. मैनाली स्विडेन स्थित लिन्निएस युनिभर्सिटीमा दिगो उर्जा बिषयका सहायक प्रध्यापकका रुपमा कार्यरत छन। यस अघि डा. मैनालीले संगीतकार दिपक शर्माको सहकार्यमा ‘यो देश बनाउने जिम्मा कस्को हो’ भन्ने राष्ट्र भक्तिको गीत यु-ट्युब मार्फत सार्वजनिक गरेका थिए ।

भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस्…

 

 

प्रतिक्रिया दिनुहोस्