सार्वजनिक यातायात सञ्चालन गर



कोरोना महामारीको संक्रमणको डरका कारण विगत ३ महिनादेखि जारी लकडाउन खुकुलो पारिएको छ । यसरी लकडाउन खुकुलो पारिँदा पनि सामान्य मानिसहरु दुःख भोग्न बाध्य छन् । राजधानीलगायतका ठाउँमा निजी सवारीसाधन मात्रै चलाउन दिने व्यवस्था गरिएको छ ।

निजी सवारीसाधन हुनेहरुले त लकडाउनमै पनि पास प्रयोग गरेर आफ्ना काम पूरा गरेकै थिए । अहिले पनि सम्भ्रान्त वर्गहरुलाई सहज हुने गरी लकडाउन खुकुलो पारिएको छ ।

निजी सवारी हुनेहरु पक्कै पनि समाजका हुनेखाने वर्ग नै हुन् । साधारण मजदुरी गरेर खाने, सामान्य रोजगारी गर्नेहरुलाई अफिस खुले पनि आवतजावत गर्न कठिनाइ भइरहेको छ । यसको मतलब सवारीसाधन बेप्रवाह पहिलेजस्ता गरेर चलाउन दिनुपर्छ भन्ने होइन, यद्यपि निश्चित मापदण्ड बनाएर सार्वजनिक सवारी चलाउन अति आवश्यक छ ।

यसतर्फ सरकारको तत्काल ध्यान जान आवश्यक छ । असार १ गतेदेखि सरकारी कार्यालयहरु पनि खुलाइएका छन् । तर सेवाग्राहीको उपस्थिति छैन, किनकि कार्यालयसम्म पुग्न साधन हुनुप¥यो नि ! अनि जताबाट पनि आलोचना हुने निर्णय गरेर फेरि सच्याउनुपर्ने खालको अपरिपक्व निर्णय सरकार किन गर्छ ?
– प्रभा परियार, हेटौडा

प्रतिक्रिया दिनुहोस्