खेतीमा आधुनिक प्रणालीको खाँचो



कोरोना महामारीका कारण नेपाल अहिले आर्थिक महामारीमा फस्ने खतरा पनि बढेर गएको छ । यसका लागि अब हामी कृषिको क्षेत्रमा हामीले ध्यान दिन जरुरी छ ।

विदेशबाट लाखौँ नेपाली युवाहरु स्वदेश फर्कंदै छन् । उनीहरुको व्यवस्थापनमा समस्या देखिएको छ । देशभित्रकै लाखौं जनशक्तिको रोजगारी गुम्ने खतरा पनि टड्कारोरुपमा देखिएको छ ।

‘मै दुःखी किसान, गाह्रो भयो जीवन बिताउन’ बोलको गीत जीवन शर्माले धेरै पहिल्यै गाएका हुन् । उनले गीत गाउँदाको अवस्थामा आधुनिक प्रविधि थोरै मात्र भित्रिएको थियो । त्यति बेलाको किसानको समस्या झल्काउने गीतले अहिले पनि त्यत्तिकै सान्दर्भिकता पाएको छ ।

नेपाल कृषिप्रधान देश हो तर आफ्नै बारीमा फलाएर आफ्नै जनतालाई पु¥याउन सक्ने हुत्ती सरकारमा देखिएन । परम्परागतरुपमा गरिएको खेतीलाई व्यावसायिक बनाउने खालका कार्यक्रम अब आउन जरुरी देखिन्छ । अब आधुनिक खेतीमा ध्यान दिनु जरुरी छ ।
– नेसन हमाल, रौतहट ।

प्रतिक्रिया दिनुहोस्