प्रदेश ५ मा गत २४ घण्टामा ९ जनाको मृत्यु



  • यमलाल भुसाल,बुटवल

प्रदेश पाँचमा वितेको २४ घण्टामा विभिन्न कारणवाट ९ जनाको ज्यान गएको छ । पाँच नम्बर प्रहरी कार्यालय तुल्सीपुर दाङले दिएको जानकारी अनुसार शनिवार दिउसो १ बजेदेखि आईतवार अपरान्हसम्ममा प्रदेशमा झुण्डिएर ५ जना दुर्घटनामा परि २ जना र मादकपदार्थ सेवन गरि र बेहोस भएर एक एक जनाको ज्यान गएको प्रहरी वरिष्ठ उपरिक्षक तथा पाँच नम्बर प्रदेशका प्रहरी प्रवक्ता राजकुमार वैदवारले बताउनु भयो ।

प्रदेशमा दैनि जसो आत्महत्याका घटनामा बृद्धि हुदै गएकोले यसको समिक्षा हुन जरुरी देखिएको छ । प्रहरीका अनुसार दाङको बंगलाचुली गाउपालिकावाट प्यूठानको अरूङखोलातर्फ बिजुलीको पोल लिई जादै गरेको रा १ त २७७५ नं.ट्याक्टर दुर्घटना हुदा ट्याक्टर चालकको मृत्यु भएको छ ।

जिल्ला दाङ बंगलाचुली गापा ७ हासीपुर बस्ने वर्ष २७ को चालक राम बहादुर बुढाको मृत्यृ भएको प्रहरीले जनाएको छ । रुकुम पुर्ब सिस्ने गा.पा.३ स्थित रा १ ख १४४५ नं.को टिप्परले सोही गाडिको सहचालक जिल्ला रोल्पा रुन्तीगडि गाउपालिका ६ खारा घोट्टा ठुलोखेत वस्ने दिल वहादुर विकको छोरा वर्ष १९ को चन्द्र वहादुर वि.क.लाई ठक्कर दिँदा निजको घटनास्थलमै मृत्यु भएको छ ।

टिप्पर चालक घोराही उ.म.न.पा.१४ बस्ने वर्ष ४९को ओम प्रकाश घतिलाई प्रहरीले नियन्त्रणमा थप अनुसन्धान भैरहेको छ ।नवलपरासी सुनवल न.पा. ५ हर्दियाचाबी २ नं.बस्ने सोम बहादुर थापाको छोरा बर्ष २६ को सन्दिप थापाले आफ्नै घरकोे भान्सा कोठाको बलोमा चुन्नीको पासो लगाई झुण्डी आत्म हत्या गरेका छन ।

रुपन्देही सिद्धार्थनगर न.पा.१३ स्थित पदमा श्री हल नजिकै कुमार मिश्रको घरमा डेरा गरी बस्ने ३ खजना घर भएको वर्ष ३४ को राजेश भास्खोर ट्वाईलेटको झ्यालको भेन्टिलेसमा गम्छाको पासो लगाई झुण्डी आत्महत्या गरेका छन ।

रोल्पा जिल्ला रो.न.पा.३ पुरीटोल बस्ने मनराज पुरीको छोरी बर्ष १८ कि देउमती पुरी आफ्नै भान्साघरको बलोमा चुङगीको पासो लगाई आत्म हत्या गरेकी छन ।बाँके बैजनाथ गा.पा. ७ पेडारी बस्ने बर्ष ५० को शंकर थारुले आफ्नै गोठको बलोमा प्लाष्टिकको डोरिले घांटिमा पासो लगाई झुण्डीआत्म हत्या गरेको छन ।

बाँके कोहलपुर नपा १२ सुन्दरबस्ती बस्ने देब बहादुर बिक.को छोरी बर्ष १० कि बिनिता बिक.एक्कासी मुटु दुख्यो भनी बेहोस भई मृत्यु भएको इपका कोहलपुर बाँकेले जनाएको छ । जिल्ला कपिलवस्तु नगरपालिका वडा नम्बर ९ श्रीनगर बस्ने बर्ष २३ को पुरन खरबिन्दले आफ्नै घरको सुत्ने कोठामा सलको पासो लगाई झुण्डिएर आत्म हत्या गरेका छन ।

निजले झुण्डिएको अवस्थामा बाबुले देखि तत्कालै पासो काटी हेर्दाे मृत्यु भईसकेको,झुण्डीनुको कारण नखुलेको र ई.प्र.का.पिपरा कपिलवस्तुबाट थप अनुसन्धान भैरहेको छ । जिल्ला कपिलवस्तु वाणगंगा न.पा.८ बण्डौली स्थित वोडगाउँ देखी मोर्मी जाने कच्ची बाटोको किनारमा वर्ष ३७ को भुमीराज भुषाल मादक पदार्थ सेवन गरि मृत्यु अवस्थामा भेटिएको प्रहरील जनाएको छ । निजले प्राय जसो मापसे गर्ने,घरमा प्राय जसो नआउने स्थानियले प्रहरीलाई बताएका छन ।

प्रतिक्रिया दिनुहोस्