स्थानीय उत्पादन प्रवर्द्धन गर्ने ग्रील व्यवसायीको निर्णय



  • न्युज अफ नेपाल,बुटवल

ग्रील तथा स्टिल व्यवसायी संघ रुपन्देहीको वैठकले स्थानीय स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने निर्णय गरेको छ । कोरोना महामारीका बीचमा बुटवलको युनिक मेटल उद्योगले उत्पादन गरेको फुट अपरेटेड ह्याण्ड सेनिटाइजर स्ट्याण्डको प्रयोग र बजार प्रवद्र्धनमा संघले सहकार्य गरेर सहयोग गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणबाट बच्न हात धुन र सेनिटाइजरको प्रयोग अनिवार्य भएको अवस्थामा संघका संस्थापक अध्यक्ष एवं केन्द्रीय सदस्य अशोक बर्माको उद्योगले उत्पादन गरेका स्ट्याण्डको बजारीकरण र विक्रि संघमार्फत गर्ने निर्णय गरिएको हो ।

संघका अध्यक्ष तुलबहादुर सारुले नयां उत्पादन भएकाले उपभोक्तामाझ एउटै दररेट र सुपथ मूल्यमा उपलब्ध गराउने उद्देशयले सहकार्य गरिएको बताए ।

डबल स्ट्याण्डलाई पांच हजार र सिंगल स्ट्याण्डलाई १५ सय मूल्य निर्धारण गरिएको अध्यक्ष सारुले बताउनु भयो । संघका बुटवल, देवदह, सैनामैना, तिलोत्तमा र फर्साटिकर नगर कमिटीको सहभागिता रहेको वैठकमा संघले प्रकाशन गरेको नयां वर्षको भित्तेपात्रोको विमोचन समेत गरिएको संघका सचिव ध्रुव ज्ञवालीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्