प्रहरीलाई फुल दिँदै शान्तिपूर्ण विरोध प्रदर्शन जारी (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना नियन्त्रणमा सरकार गम्भीर बन्नुपर्ने र नियन्त्रणका लागि खर्च भएको भनिएको १० अर्बको विवरण पारदर्शी बनाउनुपर्ने मागसहित केही दिनयता भइरहेको विरोध प्रदर्शन आज पनि जारी राखिएको छ ।

माइतीघर मण्डलामा भेला भएका युवाले प्रहरीलाई फुल दिँदै शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । कोरोना नियन्त्रणमा सरकारको काम भन्दा बढीको खर्च देखिएपछि युवाहरु विरोधमा उत्रीएका हुन् ।

क्वारेन्टिनलाई थप व्यवस्थित बनाउन, आरडीटी परीक्षणलाई बन्द गरी पीसीआर परीक्षण बढाउनलगाएतका मागसहित युवाहरुको समूह काठमाडौँ लगाएत देशका विभिन्न ठाउँमा शान्तिपूर्ण विरोध प्रदर्शनमा सहभागी भएका छन् । शान्तिपूर्ण विरोध प्रदर्शन सुरु भएसँगै माइतीघर क्षेत्रमा भने उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको छ ।

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्