४२ वर्षपछि पर्यटनसम्बन्धी नयाँ ऐन आउँदै,विज्ञहरूले दिए सुझाव



  • न्युज अफ नेपाल,काठमाडौं

सरकारले ४२ वर्षपछि नयाँ पर्यटन ऐन ल्याउन लागेसँगै सम्बद्ध निकायहरूले सरकारलाई सुझाव दिन शुरू गरेका छन् । वि.सं. २०३५ सालमा ल्याइएको ऐन अहिलेसम्म कार्यान्वयनमा रहेको छ । विज्ञहरूले समयसापेक्ष ऐन ल्याउन सुझाव दिदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईलाई ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझाउनेमा ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ, नेपाल एसोशियसन अफ टुर एन्ड टाभल एजेन्टस् लगायतका संघहरूले मन्त्री भट्टराईलाई ज्ञापन पत्र बुझाइएको टानका अध्यक्ष खुमबहादुर सुवेदीले जानकारी दिए ।

समयसापेक्ष ऐन निर्माण गरी पर्यटन क्षेत्रको विकासका लागि आफूहरूले सुझाव दिइएको उनले बताए । ४२ वर्षपछि आउन लागेको ऐन निकै सुन्दर हुनुपर्छ, यसले पर्यटनको थप प्रवद्र्धन गर्दै अर्थतन्त्र सुदृढ बनाउनुपर्छ भन्दै हामीले मन्त्री ज्यूलाई हामीले सुझाव दिएका छौं, उनले भने । ज्ञापनपत्रमा विदेशी पर्यटकले पदयात्रामा जाँदा अनिवार्य रूपमा सहयोगी लैजानुपर्ने लगायतका व्यवस्था कायम गर्न सुझाव दिइएको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्