स्वास्थ्य सम्बन्धी रोचक जानकारी



१. रोजमेरीको सुगन्धले सतर्कता बढाउनुका साथै स्मृति शक्तिको विकास गर्छ ।

 

२. बस्नु र सुत्नु राम्रो भए पनि यो कार्य धेरै भएमा यसले मानिसको छिटो मृत्युको सम्भावना बढाउन सक्छ ।

३. चिविङ्गमले तपाईंलाई सचेत बनाउनुका साथै तनाव र चिन्ता कम गर्छ ।

४. अण्डामा पाइने एमिनोएसिडले तपाईंको प्रतिक्रियात्मक प्रवृत्तिलाई सुधार गर्न मद्दत गर्छ ।

५. मानिसको शरीरको पसिना धेरैजसो पानीले बनेको हुन्छ ।

६. घरभित्रको वायु प्रदूषण बाहिरको प्रदूषणभन्दा पनि खराब हुने गर्छ ।

७. निराश महसुस गरिराख्नुभएको छ ? छुट्टीको योजना बनाउनुहोस् । छुट्टीको योजना बनाउनाले र आशा गर्नाले तपाईंलाई खुशी महसुस गराउँछ ।

८. तनावका क्षणहरूमा गहिरो सास फेर्दा वा कुनै पनि समयमा गहिरो सास फेर्दा राम्रो रक्तञ्चार गर्न, चिन्ता कम गर्न र रक्तचाप कम गराउन सहयोग गर्छ ।

९. शरीर बढ्न रोकिए पनि नाक र कान बढ्न रोकिँदैन ।

१०. मानिसको पैतालामा जति पसिनाको ग्रन्थि शरीरको कुनै भागमा पनि हुँदैन ।

११. खानेबित्तिकै दाँत माझ्नाले दाँतको इनामेललाई नरम पार्ने गर्छ ।

१२. एटीएम मेसिनहरू र सार्वजनिक शौचालयहरू समानरूपमा फोहोर हुने गर्छन् ।

१३. थाकेको बेला व्यायाम गरियो भने पनि अधिक ऊर्जा प्राप्त हुन्छ ।

१४. मानिसको शरीरको छालाले हरदम कडा परिश्रम गरिरहेको हुन्छ । यो शरीरको सबैभन्दा ठूलो अंग हो । यति मात्र होइन, यसले मानिसलाई रोग र संक्रमणबाट बचाउन सहयोग गर्छ । साथै शरीरको तापमान नियन्त्रण र भिटामिन उत्पादनमा पनि सहायता गर्छ ।

१५. सिटअप गर्नाले तपाईंको पेट घट्दैन ।

१६. ३५ वर्षभन्दा अगाडि धूमपान छोड्दा मानिस दीर्घजीवी हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्