आज देशभर प्रर्दशन, कुन ठाउँमा कति बजे



न्युज अफ नेपाल, काठमाडौँ ।

मंगलबार बालुवाटार अगाडी भएको शान्तिपुर्ण जुलुसलाई सरकारले दमन गरेको भन्दै आज देशभर प्रदशन हुने भएको छ ।
मंगलबार कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि गरिएको शान्तिपुर्ण विरोध प्रदर्शनमा सहभागी विद्यार्थीसहित अन्य सर्वसाधारणमाथि प्रहरीले लाठी चार्ज गर्नुका साथसाथै पानीको फोहोराले आक्रमण गरेको थियो ।

यस्ता प्रर्दशनहरू विभिन्न देशहरूमा स्वर्स्फुत रूपमा हुने गर्छन । जस्तैः हङकङको अम्रेला मुभमेन्टलाई एक उदाहरणका रुपमा लिन सकिन्छ ।

प्रदर्शनकारीहरुले आरडीटी किटबाट भइरहेको परीक्षण बन्द गर्न, पीसीआर प्रविधिबाट परीक्षण गर्न लगायतका माग राख्दै विरोध गर्ने भएका छन्। त्यस्तै १४ दिनसम्म लक्षण नदेखिएका कोरोना संक्रमितलाई पुनः परीक्षण नै नगरी घर पठाउने सरकारी नीतिको पनि विरोध गर्ने भएका छन्।

3rd page

प्रतिक्रिया दिनुहोस्