बायर्न म्युनिखलाई दुई जितको आवश्यक



म्युनिख, (एजेन्सी)

बायर्न म्युनिखका लागि लगातार आठौं बुन्डेसलिगा उपाधि जित्न दुई जितको आवश्यक रहेको छ ।

शनिबार भएको खेलमा बायर्न म्युनिखले बायर लिभरकुसेनलाई ४–२ ले हराएपछि दुई जितको आवश्यक भएको हो ।

हान्सी फ्लिकको टोलीले अघिल्ला २१ खेलमध्ये केवल एक खेलमा हार बेहोरेको छ । तर लिभरकुसेनमा टोलीले पहिलो गोल आत्मसात गर्नुप¥यो । लुकास अलारियोले बायर्न म्युनिखविरुद्ध गोल गरेर बायर लिभरकुसेनलाई अग्रता दिलाएका थिए ।

तर किंग्सली कोमान, लियोन गोरेटज्का र सर्ज गनाबरीले पहिलो हाफमा एक–एक गोल गर्दा बायर्न म्युनिखले ३–१ को अग्रता लिएको थियो । दोस्रो हाफमा रोबर्ट लेवान्डोस्कीले एक गोल थप्दा बायर्न म्युनिख आरामका साथ जित हात पार्न अग्रसर भयो ।

योसँगैं पोल्यान्ड स्टार रोबर्टले यस सिजनमा व्यक्तिगत ३०औं लिग गोल गरेका छन् । यद्दपि अन्तिममा बायर लिभरकुसेनका लागि सब्सीच्युट खेलाडी विर्जले एक गोल फर्काएका थिए ।

यो नतिजापछि बायर्न म्युनिखले ३० खेलबाट ७० अंक जोडेको छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्डमाथि टोलीले १० अंकको अग्रता लिएको छ । बोरुसिया डर्टमण्डले केही बेरपछि हर्था बर्लिनसँग खेल्दैछ । यदि जितेमा ७ अंकको दुरी बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्