पाठ्यक्रम विकास केन्द्रको बैठक सम्पन्न



न्युज अफ नेपाल, काठमाडाैँ ।

कक्षा पाठ्यक्रम विकास केन्द्रको परिषदको बैठक आज  सम्पन्न भएको छ ।  शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा भएको बैठकले हाल तयार गरिएको कक्षा ११ को नयाँ ३२ विषयको पाठ्यक्रमको अध्ययन गरी पेस गर्न पाठ्यक्रम परिषदका सदस्य प्राडा लेखनाथ शर्माको नेतृत्वमा ३ सदस्य टोली गठन गरेकाे छ ।

सो ३२ वाट विषयको पाठ्यक्रम पाठ्यक्रम विकास केन्द्रको वेव साईटमा राखी ७ दिन भित्र सार्वजनिक गर्न सुझाव माग गर्ने निर्णय भएको छ । ४८ विषयको प्ठयक्रम यस अघि नै स्विकृत भएको छ भने जम्मा ९९ बनु पर्ने छ।

पाठ्यक्रम विकास केन्द्रको महानिर्देसक केशव दाहालको नेतृत्वमा ctevt वाट संचालित see पछिको प्राविधिक विषयको अध्ययन र मानवश्रोत विकास केन्द्र अन्तर्गत संचालित ९ – १२ को विषयलाई एउटै बनाउने गरी पाठ्यक्रम बनाउने कार्यदल गठन गरिएको माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको स्वकीय सचिव पुरन किसीले जानकारि दिनुभयाे ।

 

प्रतिक्रिया दिनुहोस्